1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

पाकिस्तानलाई हराउदै बंगालदेश साफ यू-१७ पुरुष च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ ।  बंगालदेश जारी साफ यू-१७ पुरुष च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा पाकिस्तानलाई २-० गोल अन्तरले पराजित गर्दै बंगालादेश फाइनलमा प्रवेश गरेको हो ।  

बंगालदेशको जितमा नाज्मुल हुडा फैसल र मोहम्मद ओपु रहमानले एक एक गोल गरेका थिए ।  

बगांलदेशले अब नेपाल वा भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग फाइनलमा खेल्ने छ । नेपाल र भारतबीचको दोस्रो सेमिफाइनल खेल आजै राति ७:४५ बजेदेखि हुने तालिका रहेको छ ।