1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

फ्लड लाइट जडान गरेर राति पनि तुईन खोलाको पहिरो हटाइदै

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य फ्लड लाइट जडान गरेर जारी रहेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले फ्लड लाइटको व्यवस्था गरेर राति पनि तुइन खोलाको पहिरो पन्छाउने कार्य गरिरहेको बताएको छ ।

पहिरो पन्छाउने कार्य हाल अन्तिम चरणमा रहेको र थप पहिरो नआएमा आजै राति सडक सुचारु हुने सम्भावना रहेको छ ।

मंगलबार दिउसो ठुलो पहिरो खसेर अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक हालसम्म अवरुद्ध रहेको छ ।