1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

रमेश लेखकलाई मातृशोक

काठमाडौँ । निवर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई मातृशोक परेको छ ।

लेखककी ८९ वर्षीया आमा शारदादेवी लेखकको बिहीबार अपराह्न निधन भएको छ । उनको काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार निकटले जानकारी दिएका छन् । उनका लेखक एक्ला छोरा हुन् भने चार छोरी रहेका छन् ।