1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलद्वारा सभापति खतिवडासँग भेट

काठमाडौं, १८ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा प्रतिनिधिमण्डलले प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय रामहरि खतिवडासँग भेटवार्ता गरेको छ।

Nabil bankHimalayan Bank Limited(300 width * 250 height ) gifADBL कृषि विकास बैंक भेटमा अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुशी हुने अवस्था नरहेको उल्लेख गरे। उनले पटक–पटक ध्यानाकर्षण गराइएको र नेपाल कानून सुधार आयोगबाट समेत मस्यौदा प्रस्तुत गरिए पनि सरकारले वेवास्ता गरेको भन्दै असन्तुष्टि जनाए । हालै जारी गरिएको १० वर्षे भिसा शुल्क छुट सम्बन्धी अध्यादेशलाई अपूरो कदम भन्दै उनले यसले संविधानले दिएको अधिकार संकुचित पारिएको र विदेशमा रहेका ८० लाख नेपाली निराश भएको धारणा राखेका छन ।

डा. केसीले संसदमार्फत उक्त अध्यादेशलाई प्रतिस्थापन गरी गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेका छन । जवाफमा सभापति खतिवडाले गैरआवासीय नेपालीहरूले नेपालको समग्र विकासमा पुर्‍याउँदै आएको योगदान उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न आफू सधैं सकारात्मक रहेको बताए । उनले गैरआवासीय नेपालीहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कानुनी रूपमा सुनिश्चित गर्न समिति तर्फबाट आवश्यक पहल गरिने आश्वासन दिए ।

भेटमा अध्यक्ष डा. केसीसँगै संघका उपाध्यक्ष राज रेग्मी, रोजिना प्रधान राई, रोशन थापा, महिला सचिव राधिका (टीका) गुरुङ र प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको उपस्थिति रहेको थियो।