1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान

काठमाडौं, १८ वैशाख । सरकारले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ३.२८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । बुधबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ वार्षिक राष्ट्रिय लेखातथ्याङ्क अनुसार यस्तो अनुमान गरेको हो ।

साथै गैर कृषि क्षेत्रको ४.२८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर ३.३५ प्रतिशत रहेको थियो भने गैर कृषि क्षेत्रको वृद्धिदर ३.३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर ३.०२ प्रतिशत तथा गैर कृषि क्षेत्रको वृद्धिदर १.९८ प्रतिशत कायम भएको छ । यसैगरी प्राथमिक औद्योगिक क्षेत्रको ३.२५ द्वितीय औद्योगिक क्षेत्रको ४.६५ र सेवा क्षेत्रको ४.२१ प्रतिशत वृद्धिदर हुने अनुमान छ ।