1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

म्याग्दी हाइड्रोपावरको आईपीओ तयारी, ४७ करोडको सेयर निष्कासन गर्ने

काठमाडौं, १८ वैशाख । म्याग्दी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४७ करोड ४५ लाख रुपैयाँ बराबरको ४७ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा कम्पनीले आईपीओ जारी गर्ने छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।