1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

सुरक्षित बीमा उत्पादनमा ध्यान केन्द्रित गर्नुस : अध्यक्ष ओझा

काठमाडौं, १८ वैशाख । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र आकार वृद्धिका लागि सबै पक्षलाई अझ बढी इमान्दार र जिम्मेवार हुन् आग्रह गरेका छन् ।

अध्यक्ष ओझाले बीमा कम्पनीहरूले बोनस केन्द्रित कार्यशैलीबाट बाहिर निस्केर टर्म इन्स्योरेन्सको विस्तारतर्फ ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका छन । उनले भने, ‘जोखिमाङ्कनमा अझ सुधार आवश्यक छ। बीमालेख जारी गर्दा त्यसका शर्तहरू प्रारम्भमै प्रष्ट पार्नुपर्छ । बीमाका कर्मचारीलाई नवीकरण सहित लक्ष्य दिनुपर्छ, तालिम दिनुपर्छ र आफ्ना कामहरूको प्रचार गर्न पनि जान्नुपर्छ ।’

अध्यक्ष ओझाले बीमा कम्पनीहरूलाई सजिलो क्षेत्रमा सीमित नबसी नयाँ जोखिमयुक्त क्षेत्रमा प्रवेश गर्न, घर लगायतका सम्पत्तिमा बीमा विस्तार गर्न, उपभोक्ता समूहहरूलाई बीमामा समेट्न र लगानी सुरक्षित हुने खालका बीमा उत्पादनमा ध्यान केन्द्रित गर्न समेत निर्देशन दिएका छन ।