1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

बैंक स्थायीत्वका लागि निक्षेप बीमा प्रभावकारी बनाउन सुझाव

काठमाडौं, १८ वैशाख । सरकारले गठन गरेको उच्च स्तरीय आर्थिक सुझाव सुधार आयोगले बैकिङ्ग स्थायीत्वको लागि निक्षेप बीमालाई प्रभावकारी बनाउनु पर्ने सुझाव दिएको छ ।

बैकिङ्ग क्षेत्रमा स्थायित्व कायम गर्न ५ लाख सम्मको निक्षेप बीमा गर्ने गरी नेपाल सरकार (९० प्रतिशत) र नेपाल राष्ट्र बैंक (१० प्रतिशत) को र १० अर्वको लगानीमा निक्षेप तथा कर्जा सुरक्षण कोष सञ्चालनमा रहेको छ । २०८१ असारसम्म यस संस्थाले १४ खर्व ३० अर्वको निक्षेप र २ खर्व ५८ अर्वको कर्जा सुरक्षण गरेको छ ।

उक्त संस्थाले संकलन गरेको बीमा प्रिमियमबाट संकलित अधिकांश रकम बैंकमै निक्षेपमा राखेको स्थिति छ । पुनर्बीमा गरेको पनि देखिदैन । यसले बैकिङ् क्षेत्रमा समस्यामा पर्दा निकास दिन नसक्ने देखिन्छ ।