1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भारतबाट थप ४ घण्टा विद्युत आयातको सम्झौता, उद्योगलाई नियमित आपूर्ति सुनिश्चित

काठमाडौँ, १८ वैशाख । नेपाल विद्युत प्राधिकरण र इन्डियन एक्सचेन्ज मार्केटबीच थप ४ घण्टा विद्युत खरिद सम्बन्धी सम्झौता भएको छ । ढल्केबर मुजफ्फरपुर लाइनबाट बिहान ६ देखि बेलुका ५ बजेसम्म खरिद गर्दै आएकोमा अब थप ४ घन्टा थपिने भएको छ ।

उक्त सम्झौता भएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म ६०० मे विद्युत नेपालले पाउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसैगरी हाल नदि नालाहरूमा बहाव बढेसँगै निजी क्षेत्रबाट उत्पादन भइरहेको विद्युतको मात्रा बढेको प्राधिकरणको भनाई छ ।

यससँगै हाल उद्योगमा भइरहेको विद्युत कटौती कम हुने र बिहान २ देखि बेलुका ५ बजेसम्म औद्योगिक ग्राहकहरूले माग अनुसारको विद्युत पाउने जनाइएको छ ।

‘औद्योगिक क्षेत्रमा नियमित र भरपर्दै विद्युत उपलब्धतालाई हालको व्यवस्थापनले उच्च प्राथमिकतामा राखि कार्य गरिरहेकाले माग अनुसार कम भएको विद्युत आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसकुञ्जेल भारतबाट अधिकतम मूल्यमा समेत आयातको प्रयास गरिएको र यसले औद्योगिक ग्राहकहरूमा देखिएको केही समस्या पनि समाधान हुनेछ ।’ प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।