1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

भारतस्थित केआईआईटी कलेजमा अर्की नेपाली छात्रा मृत भेटिइन्

भारत, १८ वैशाख । भारतको भुवनेश्वरस्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एक नेपाली विद्यार्थी मृत भेटिएकी छिन् ।

विश्वविद्यालयको एक छात्रावासमा नेपाली छात्राको शव फेला परेको ओडिशा टिभिले जनाएको छ । तर, मृतक नेपाली छात्राको पहिचान भने खुलाइएको छैन । विद्यार्थीहरुका अनुसार उनी बिरगंज निवासी प्रथम वर्षमा अध्ययनरत् विद्यार्थी भएको बताएका छन् ।

कटकका पुलिस कमिश्नर एस देव दत्त सिंहले नेपाली विद्यार्थी मृत फेला परेको पुष्टि गरेका छन् । तर, यो विषयमा विश्वविद्यालयले कुनै जानकारी दिएको छैन ।