1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

लेमिनार टायल्सको उत्कृष्टता अब काठमाडौंमा अनुभव गर्न सकिने

काठमाडौं, २१ वैशाख । लुम्बिनी सेरामिक्स लिमिटेडले काठमाडौंमा लेमिनार टायल्सको एक्सपेरियन्स सेन्टर ( शोरुम) सुरु गर्ने भएको छ ।

आधुनिक उपकरणहरू प्रयोग गरेर र अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्दै प्रिमियम टायलिङ समाधान खोज्ने ग्राहकहरूलाई सहज अनुभव सुनिश्चित गर्दै नेपाली बजारमा गुणस्तरीय र किफायतीताको नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय स्तरका तीनवटा आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक आशुतोष खेतान भन्छन- “यो उपलब्धि कम्पनीका लागि ठूलो माइलस्टोन हो । हामी अझ बढी गुणस्तर र पारदर्शिता कायम गर्न प्रतिबद्ध छौं।”

प्राप्त आईएसओले कम्पनीको गुणस्तर, वातावरणीय सतर्कता र कामदारको सुरक्षा प्रति कम्पनि प्रतिवद्ध रहेको देखाउँछ ।

बर्दियाको गुलरियामा १२ विघा क्षेत्रफलमा फैलिएको आधुनिक प्रविधियुक्त कारखानाबाट कम्पनीले लेमिनार टायल्स उत्पादन गरिरहेको छ। हाल कम्पनीले ५०० भन्दा बढी डिजाइनमा १६×१६ इञ्च, २×२ फिट, २×४ फिट, र ८×४ फिटको चार फरक साइजमा टायल्स उत्पादन गरिरहेको छ ।

कम्पनीले आफूलाई देशकै सबैभन्दा पहिलो र एकमात्र १०० प्रतिशत भिट्रिफाइड टायल ब्रान्डको रूपमा प्रस्तुत गर्दै आएको छ । करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ (०.०८ प्रतिशतमात्र पानी सोस्ने) लेमिनार टायल्स धेरै मानेमा प्रतिष्पर्धीभन्दा उच्चकोटीको रहेको कम्पनीले जनाएको छ ।

देशभर करिब १०० भन्दा बढी डिलरमार्फत विक्रीवितरण भइरहेको लेमिनार टायल्सको एक्सपेरियन्स सेन्टर (शोरुम) सोमबारबाट काठमान्डौको गैरीधारा दक्षिण ढोकाबाट समेत संचालनमा आउने कम्पनीले जनाएको छ ।