1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गभर्नर नियुक्ति ढिलाईमा प्रचण्डको व्यङ्ग्य: अहंकारको बेलुन फुस्स भइसक्यो

काठमाडौँ, २२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको सरकारको दुई तिहाईको बेलुन फुटिसकेको दाबी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलको नेताको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले कांग्रेस–एमालेको अहिलेको सरकारको निश्चित् स्वार्थ समूहको लागि बनेको भनेको कुरा अहिले सत्तापक्षका नेताहरुकै भाष्य बनिसकेको बताए । उनले भने,‘सरकार सञ्चालनकै संयन्त्रका सदस्यहरुले समेत प्रधानमन्त्रीको बेडरुमसम्म को पुग्छन भनेर सार्वजनिक गरेपछि यो कुरा प्रष्ट भैसकेको छ । महिना दिन बितिसक्दापनि एउटा गभर्नर नियुक्ती गर्न सक्नुभएको छैन, दुई तिहाईको अहंकार, मैले हेर्दा त त्यो बेलुन फुटिसकेको देख्छु ।’ उनले हरेक नियुक्तीमा स्वार्थ समूह नै हाबी रहेको आरोप लगाए ।