1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नेपाल बैंक र दराजबीच सहकार्य, अनलाइन किनमेलमा विशेष छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र दराज नेपाल बीच अनलाइन भुक्तानी सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताअनुसार, नेपाल बैंकका ग्राहकहरूले दराजमार्फत अनलाइन खरिद गर्दा विशेष छुट प्राप्त गर्ने भएका छन्।

सम्झौता २०८२ कार्तिक २३ गते सम्पन्न भएको हो, जसमा नेपाल बैंकका तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजका तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) रिशव थापा ले हस्ताक्षर गरेका छन्।

उक्त अफर २०८२ कार्तिक २५ (२०२५ नोभेम्बर ११) देखि २०८२ मंसिर ६ (२०२५ नोभेम्बर २२) सम्म लागू हुनेछ। सम्झौता अनुसार, नेपाल बैंकका ग्राहकहरूले डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम १५% (वा रु १,५०० सम्म) र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम २०% (वा रु २,००० सम्म) छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले उक्त सुविधा पाउन आफ्नो कार्डमा ई–कमर्स सेवा सक्रिय गर्नुपर्नेछ, जुन बैंकको कुनै पनि शाखाबाट गर्न सकिनेछ। बैंकले आफ्ना ग्राहकहरूलाई ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको आवेदन दिन आग्रह गरेको छ।