1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

रिलायबल नेपाल लाइफ: १२% बोनस सेयर, कर प्रयोजनमा नगद लाभांश

काठमाडौँ, २४ वैशाख । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०÷८१को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

इन्स्योरेन्सको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको प्रस्ताव गरेको सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले निर्णय गरेपछि सेयरधनीमा वितरण हुनेछ ।