1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

प्रधानमन्त्री र देउवाको निर्देशन बेवास्ता गर्दै गभर्नर नियुक्तिमा ढुंगानाको अडान

काठमाडौँ, २४ वैशाख । नेपाल राष्ट्र बैंककी कामु गभर्नर निलम तिम्सिना ढुंगानाले आफूले कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने बताएकी छन् ।

ढुंगाना भन्छिन,‘कार्यकारी निर्देशकको तहभन्दा तलका कर्मचारीको राजीनामा आयो भने स्वीकृत गर्छु, कार्यकारी निर्देशकको चाहिँ पूर्ण गभर्नर आएपछि स्वीकृत हुन्छ । मैले स्वीकृत गर्न मिल्दैन ।’

ढुंगाना आफू पनि गभर्नरको प्रतिस्पर्धी हुन् । त्यहि कारण पनि भट्टको राजीनामा स्वीकृत गरेर बाटो खोलिदिने पक्षमा आफु नभएको आशय व्यक्त गरेकी थिइन् ।

यता नेपाल वित्तीय संस्था कर्मचारी संघले विज्ञप्ति जारी गर्दै राष्ट्र बैंक ऐनअनुसार बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्त गर्नुपर्नेमा रिक्त भएको एक महिनासम्म नयाँ गभर्नर नियुक्त नहुनु लज्जास्पद भएको बताएको छ ।

वित्तीय क्षेत्रको नियामक राष्ट्र बैंकलाई राजनीतिक दाउपेच, बिचौलियाको चलखेल तथा सिमित व्यक्तिको निजी स्वार्थको खेलमैदान बनाउनु र केन्द्रीय बैंकलाई नेतृत्वविहीन राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।

आफूलाई काबिल भन्दै गभर्नरको दाबेदारी प्रस्तुत गरिरहेकी वर्तमान कार्यवाहक नेतृत्वबाट एकजना कर्मचारीको राजीनामा समेत स्वीकृत गर्न नसक्नुले लाचारीपन व्यक्त भइरहेको महसुस भएको संघले जनाएको छ ।

केहिदिन अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले बुधबार अर्थात वैशाख २४ गतेसम्ममा डा. भट्टको राजीनामा स्वीकृत गराएर बिहीबार गभर्नर नियुक्त गर्ने बताएका थिए । तर बुधबारको पुर्व सन्ध्यामा कामु गभर्नर ढुंगानाले आफूले कार्यकारी निर्देशक डा. भट्टले दिएको राजीनामा स्वीकृत नगर्ने बताएकी हुन् ।

यो पनि पढ्नुस