1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नेपालीको मृत्युपछि पनि मौन ? दाहालले सरकारसँग मागे भारत–पाकिस्तानबारे स्पष्ट धारणा

काठमाडौं, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले भारत र पाकिस्तानको विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेका छन् ।

आज बिहिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् । ‘पछिल्लो समय भारत र पाकिस्ताबीच उत्पन्न विवादको बारेमा नेपाल सरकारको आधिकारिक धारणा के हो ? माग गर्दछु,’– उनले भने ।

पछिल्लो समय जम्मु कश्मिरमा भारत र पाकिस्तानबीच द्वन्द्वको अवस्था सिर्जना भइरहेको छ । कश्मिरको पहलगाममा आतङ्कवादी हमला हुँदा एक नेपालीसहित २६ जना मारिएका थिए । उक्त घटनापश्चात भारतले पनि पाकिस्तानविरुद्ध कारबाही सुरु गरिसकेको छ ।

साथै, उनले निर्माण कम्पनीको चरम लाप्रवाही र बजेट अभावको कारणले गर्दा वर्षौंदेखि निर्वाचन क्षेत्र रणनीतिक सडक, कमलामाई रिङ्ग रोड र कयौं पक्की पुल अलपत्र परेको बताए । करोडौं लगानी भएर पनि अलपत्र बनेका यस्ता आयोजनाहरु सुचारु गर्न बजेट व्यवस्थापन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन ।