1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गोर्खाली सेनालाई भारत–पाक युद्धको ढाल नबनाईयोस: सांसद मिना तामाङ

काठमाडौं, २५ वैशाख । नेकपा (माओवादी केन्द्र) की नेतृ एवं सांसद मिना तामाङले पाकिस्तान र भारत सीमा कश्मीरमा भएको दुई देशीय सांगातिक हमलाले मानवीय क्षति र आतंक फैलिएको बताएकी छन् ।

उनले कारण पाकिस्तानले लक्षित गरेको भारतीय सहरमा काम गर्न गएका नेपालीहरु उक्त घटनामा पर्न सक्ने भएकाले उनीहरुको संरक्षण र उदारबारे सरकारको ध्यानार्कषण गराईन् ।

प्रतिधिसभाको आजको बैठकमा बोल्दै सांसद तामाङले दुई देशबीचको लडाइमा गोर्खाली सेना प्रयोग नगर्न भारत सरकारसमक्ष गम्भीर छलफल र निकासबारे पहल गर्न सरकारको ध्यानाकर्षण गराईन् ।

त्यस्तै, अरनिको राजर्मागअन्तर्गत पर्ने खावाँदेखि पाँचखाल-धुलिखेल सडक अवरोध भएको दुईवर्ष भन्दा बढी भइसकेकोमा र समयमै निर्माण नहुँदा नागरिकले दुख पाएकाे भन्दै उनले सरकारकाे ध्यानाकर्षण गराईन् ।