1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

जबरा छुटे, मिश्र र प्रसाईं अझै हिरासतमा, दोषी खोज्न सातौं प्रयास सुरु

काठमाडौं, २५ वैशाख । गत चैत १५ गते राजावादी समूहले तीनकुनेमा आयोजना गरेको कार्यक्रम हिंसात्मक बनेपश्चात पक्राउ परेका दुर्गा प्रसाईँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २४ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

उनीहरुविरुद्ध सातौं पटक हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको हो । सोही प्रकरणमा पक्राउ परको राप्रपाका महामन्त्री एवं सांसद धवलशमशेर जबरा भने उपचारका लागि हाजिर जमानीमा छुटिसकेका छन् ।

गत चैत १५ गते तीनकुनेमा राजावादी समूहले कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रम हिंसात्मक बन्दा एक पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरुले व्यक्तिगत घर, व्यवसाय स्थल र सरकारी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए ।