1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

नौ महिनामा रेमिट्यान्स १०% ले बढ्यो

काठमाडौं, वैशाख २८ । चालू आर्थिक वर्षको नौ महिना (साउन देखि चैत)सम्म १९ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।

यो रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत धेरै हो । गत आर्थिक वर्षको नौ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई ८ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो ।