1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गभर्नर सिफारिसकर्ता बने प्रतिस्पर्धी, डाक्टर पौडेलको नाटकीय मोड

काठमाडौं, वैशाख २८ । गभर्नर सिफारिस समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएका छन ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुने करिब निश्चित जस्तै भएपछी पौडेलले समितिबाट राजीनामा दिएका हुन् । गभर्नरका लागि नेपाली कांग्रेसले पछिल्लो पटक पौडेलको नाम टुंगो लगाएको छ । यस अघि कांग्रेसले सहमति गरेको नाम डाक्टर गुणाकर भट्टको कार्यकारी निर्देशक पदको राजीनामा स्वीकृति नभएपछि कांग्रेसले विकल्प खोज्न थालेको थियो ।

डाक्टर पौडेलले आइतबार नै गभर्नर सिफारिस समितिका अध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबारको छलफलपछि डाक्टर पौडेललाई कांग्रेसको सिफारिसमा गभर्नर बनाउने सहमति गरेका थिए ।