1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

विश्व पौडेल गभर्नर बन्न अयोग्य, विवादमा भासिदै गभर्नर नियुक्ति

काठमाडौं, वैशाख २८ । नेपाली कांग्रेसले पछिल्लो पटक गभर्नरका लागि सिफारिस गरेको डाक्टर विश्व पौडेल राष्ट्र बैंकका गभर्नर बन्नका लागि अयोग्य देखिएका छन ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ (क) अनुसार कुनै पनि राजनीतिक दलको सदस्य वा पदाधिकारी गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य हुने छैन भन्ने कानुनी प्रावधान रहेको छ। डाक्टर पौडेल चितवनबाट २०७९ को निर्वाचनमा नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए ।

राष्ट्र बैंक ऐनमा स्पष्ट उल्लेख भए बाबजुत पनि नेपाली कांग्रेसले डाक्टर पौडेललाई गभर्नरका लागि अघि बढाएको छ । अयोग्यताकाबीच पौडेललाई गभर्नरका लागि अगाडी बढाइए नेपाल सरकार र नेपाली कांग्रेस पुनः विवादमा तानिने यो बिषय अदालतमा निश्चित छ ।

डाक्टर गुणाकर भट्टको विकल्पमा नेपाली कांग्रेसले अगाडी सारेको पौडेल अयोग्य हुनु डाक्टर भट्टको विकल्प अरु कोहि दिखिएनन । पार्टीको सक्रिय कार्यकर्ता तथा नेता नभई योग्य र सक्षम ब्यक्तिलाई तत्काल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको छ ।

राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुने करिब निश्चित भएपछि गभर्नर सिफारीस समितिमा सदस्य रहेका डा. पौडेलले आइतबार राजीनामा दिएका थिए । पौडेल अघि कांग्रेसले सहमति गरेको नाम डा.गुणाकर भट्टको कार्यकारी निर्देशक पदको राजीनामा स्वीकृति नभएपछि कांग्रेसले विकल्पमा पौडेललाई अघि सारेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच शनिबार भएको छलफलपछि डा. पौडेललाई कांग्रेसको सिफारिसमा गभर्नर बनाउने सहमति भएको थियो ।