1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा

काठमाडौं, वैशाख २९। चालु आर्थिक वर्षको नौ महिना (२०८१ साउन देखि चैत) मा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा छ ।

समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५५ करोडले बचतमा छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर सात अर्ब ७१ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर चार अर्ब ७८ करोड रुपैयाँ थियो ।