1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

तिनकुने प्रकरण : मिश्र र प्रसाईंलाई थप पाँच दिन थुन्न अदालतको अनुमति

काठमाडौँ, ३० वैशाख । काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

गत चैत्र १५ गतेको तिनकुने घट्नामा मिश्र र प्रसाईंलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । मिश्र तिनकुने घट्ना भएकै दिन चैत्र १५ गते राति पक्राउ परेका थिए ।

उनी हिरासतमा बसेको आज ४६ दिन पूरा भएको छ । तर, प्रसाईं भने निकै पछि भारतबाट पक्राउ परेका हुन् । मिश्रको परिवारले आजमात्रै गैरकानूनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेको छ ।