1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गभर्नर सिफारिस समिति विवाद : सर्वोच्चले माग्यो सरकारसँग जवाफ

काठमाडौँ, ३० वैशाख । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले आइतबार सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । यस्तै दुवै पक्षलाई छलफलका लागि समेत बोलाइएको छ ।

अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको भन्दै आइतबार रिट दर्ता गरेका थिए । अधिकारीले चैत २४ मा उमेर हदका कारण अवकाश पाएका थिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो । समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते सो समितिमा नियुक्त गरिएको थियो ।