1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

९ महिनामै राष्ट्र बैंकद्वारा १७१ खर्ब तरलता प्रशोचन

काठमाडौँ, ३० वैशाख । राष्ट्र बैंकले चालु आवको ९ महिना अर्थात साउनदेखि चैतसम्मको अवधीमा मात्रै राष्ट्र बैंकले कुल १७१ खर्ब ८६ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको छ । साथै यसवअधिमा.२ अर्ब ७० करोड ओभरनाइट तरलता सुविधा उपयोग भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

समीक्षा अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत २२ खर्ब १२ अर्ब ५ करोड र स्थायी निक्षेप सुविधामार्फत १४९ खर्ब ७४ अर्ब १० करोड गरी कुल १७१ खर्ब ८६ अर्ब १५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरुमार्फत पटक–पटक गरी खुद ७ खर्ब ६६ अर्ब १९ करोड तरलता प्रशोचन गरिएको थियो।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ६३ करोड खुद खरिद गरी ४ खर्ब ८४ अर्ब ७१ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४ अर्ब २६ करोड खुद खरिद गरी ५ खर्ब ६६ अर्ब ५५ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ८४ करोड बिक्री गरी ३ खर्ब ८६ अर्ब ८१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ७६ करोड बिक्री गरी ३ खर्ब ६६ अर्ब ९९ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा वाणिज्य बैंकहरुको १३ खर्ब ६३ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब ४८ अर्ब ३१ करोड गरी कुल १५ खर्ब १२ अर्ब १२ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ३१ खर्ब ८६ अर्ब ४४ करोड र अन्य वित्तीय संस्थाहरुको ३ खर्ब २१ अर्ब ६० करोड गरी कुल.३५ खर्ब ८ अर्ब ४ करोडको अन्तर बैंक कारोबार भएको थियो ।