1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

क्यान सम्झौबाट बाहिरिए सन्दीप, राष्ट्रिय टोलीप्रति निष्ठा कायमै

काठमाडौँ, ३१ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत क्यानको केन्द्रीय सम्झौतामा आफू नबस्ने धारणा सार्वजनिक गरेका हुन्। उनले यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्। लामिछानेले फेसबुकमा लेखेका छन्, ‘यो छुट्टिनु होइन, बरू विकास र उद्देश्यतर्फको यात्रा हो।’

लामिछानेले क्यानप्रति आभार प्रकट गर्दै आफ्नो क्रिकेट यात्रा र नेपाली क्रिकेटलाई अघि बढाउन क्यानले उल्लेखनीय भूमिका खेलेको भन्दै आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने बताएका छन्। उनले राष्ट्रिय टोलीप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने बताउँदै उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहने उल्लेख गरेका छन्।

यस विषयमा सन्दीपले क्यानलाई पहिले नै जानकारी गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। उनले लामिछानेको विषयमा क्यानले छलफल गरी छिटै नै निर्णय सार्वजनिक गर्ने बताए।

लामिछाने केन्द्रीय सम्झौताअन्तर्गत क्याटेगोरी ‘ए’ मा समावेश थिए। यो क्याटेगोरीमा समावेश खेलाडरूले क्यानबाट मासिक एक लाख रुपैयाँ प्राप्त गर्दै आएका छन्।