1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

औद्योगिक युगका लागि निजी क्षेत्रसंग हातेमालो गर्न सरकार तयार छ : उद्योगमन्त्री भण्डारी

मोरङ, २ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न सरकार सधैं तयार रहेको बताएका छन ।

मोरङ उद्योग व्यापार संघको ६८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले नेपाललाई औद्योगिक उत्पादन र निर्यातको नयाँ युगमा लैजान सरकार निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने बताएका हुन ।

मन्त्रि भण्डारीले नेपाली उद्योग र व्यापारको विकासमा निजी क्षेत्रले पुर्‍याउँदै आएको योगदानको खुलेर प्रशंसा गर्दै उद्योगी–व्यवसायीप्रति धन्यवाद समेत व्यक्त गरे ।

उद्योगको विकासका लागि आवश्यक कानुनी सुधार, संरचना निर्माण र प्रक्रियागत सहजताको प्राथमिकता सरकारले लिने उनले स्पष्ट पारे । साथै, मोरङ उद्योग व्यापार संघले राज्य र निजी क्षेत्रबीच सेतुको रूपमा खेलेको भूमिकाको समेत मन्त्रि भण्डारीले खुलेरै सराहना गरेका छन ।

मोरङ उद्योग व्यापार संघलाई नेपालको पहिलो ऐतिहासिक उद्योग वाणिज्य संघ भन्दै यसले केवल व्यावसायिक हकहित मात्र नभई, प्रभावकारी रूपमा आफ्नो सामाजिक उत्तरदायित्व समेत प्रभावकारी रूपमा निभाउँदै आएको मन्त्रि भण्डारीले उल्लेख गरे ।