1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

स्थगित आईपीएल आजदेखि पुनः सुरु, आरसीबी र कोलकाताबीच प्रतिस्पर्धा

काठमाडौं, जेठ ३ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुनः सुरु हुने भएको छ ।

भारत र पाकिस्तानबीच तनाव व्यवस्थापन भइ युद्ध बिराम भएपछि पुनः आईपीएल सुरु हुन लागेको हो ।

आज रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैङ्गलोरमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो ।

जारी लिगमा बैङ्गलोर ११ खेलबाट १६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको कोलकाता ११ अङ्कका साथ छैटौँ स्थानमा छ ।

आईपीएलका बाँकी खेलहरू बैङ्गलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।