1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

संकटको संकेत: गैरबैंकिङ सम्पत्ति दोब्बर, ग्लोबल, हिमालयन र एनआईसी शीर्ष ३ मा

काठमाडौँ, ४ जेठ। वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पति ३८ अर्ब ४१ अर्ब रुपैयाँभन्दा धेरै रहेको छ ।

चैत महिनासम्मको तथ्यांक अनुसार वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा धेरै गैरबैंकिङ सम्पति ग्लोबल आइएमई बैंकमा रहेको छ । ग्लोबलमा ५ अर्ब ९९ करोड बराबरको यस्तो सम्पति छ । दोस्रोमा हिमालयन बैंकको ५ अर्ब १४ रुपैयाँ र तेस्रोमा एनआइसी एसिया बैंकको ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको गैरबैंकिङ सम्पति रहेको छ । सबैभन्दा कम नेपाल बैंकमा २० करोड बराबरको यस्तो सम्पत्ति रहेको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको यस्तो सम्पत्ति शून्य छ ।

कुन बैंकको गैरबैंकिङ सम्पति कति ?

बित्तिय विश्लेषकहरु भन्छन, NBA बढ्नु भनेको बैंकहरुको कर्जा व्यवस्थापन प्रणाली कमजोर छ भन्ने संकेत हो । यसमा बैंकहरु संबेदनशील हुन् जरुरी छ ।

अधिकांश बैंकहरुले जोखिम मूल्याङ्कन प्रणालीमा सुधार गर्नु पर्ने आवश्यक रहेको विश्लेषकहरु बताउछन । हुनपनि, कर्जा वितरण अघि ऋणीको वित्तीय स्थिति र परियोजनाको व्यवहार्यता राम्रोसँग मूल्याङ्कन गर्नु पर्ने भएता पनि यस्तो गरिएको देखिदैन । त्यसैगरी धितो मूल्याङ्कनमा पारदर्शिता नभएको होकी भन्ने पनि देखिन्छ । धितोको वास्तविक मूल्यांकनमा बैंकहरुले स्वतन्त्र मूल्याङ्कनकर्ता प्रयोग गर्नु पर्ने हो तर त्यस्तो नरहेको पुर्व बैंकरहरु नै बताउछन ।

बैंकहरुमा कर्जा निगरानी प्रणाली मजबुत हुनु पर्ने हो तर त्यस्तो छैन । ऋणपछि नियमित रूपमा बैंकहरुले ऋणीको स्थिति मूल्याङ्कन गर्ने गरेको खासै देखिदैन । त्यस्तै लगानीकर्तासँग पारदर्शिता कायम राख्नु पर्ने भएता पनि त्यस्तो पारदर्शिता नरहने गरेको बित्तिय विश्लेषकहरुको बुझाई छ । वित्तीय सूचकहरू सुधार गर्दै बैंकहरुले लगानीकर्तासँग नियमित संवाद गर्नु पर्ने देखिन्छ ।

बैंकहरुको कर्जा व्यवस्थापन प्रणाली कम्जोर बन्दै जाने हो भने गैरबैंकिङ सम्पत्ति (NBA) मा उल्लेखनीय वृद्धि हुदै जान्छ र बैंकहरुले ठुलै संकटको सामना गर्नु नपर्ला भन्न सकिदैन ।