1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

मन्त्रिपरिषद्को बैठक साँझ छ बजे, राष्ट्र बैंकले गभर्नर पाउने

काठमाडौं, जेठ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझ छ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज नियमित बैठक बस्ने भएको हो ।

आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ । गभर्नर सिफारिस समितिले आज नै मन्त्रिपरिषद्ले नाम सिफारिस गर्ने र आजैको बैठकबाट गभर्नर नियुक्ति गरिने बताइएको छ ।