1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

पुर्व निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, ५ करोड ७९ लाख बिगो दाबी

काठमाडौं, जेठ ५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध अर्को पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनी कार्यकारी निर्देशक रहेको बेलामा कम्प्युटरलगायत सामग्री खरिदमा ५ करोड ७९ लाख भ्रष्टाचार भएको भन्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । पौडेलविरुद्ध यसअघि पनि भ्रष्टाचारका मुद्दाहरु दायर भइसकेका छन् । हाल उनी कारागारमै रहेर मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

त्यस्तै, राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेशप्रसाद पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र म्याक्स इन्टरनेशनल प्रा.लि. पुतलीसडकलाई उक्त मुद्दामा प्रतिवादी बनाइएको छ । उनीहरुबाट जनही ५ करोड ७९ लाख बिगो मागदाबी गरिएको छ ।