1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

निर्णयको घडीमा मौनता: ओली–देउवा भेट र मन्त्रिपरिषद् दुवै अचानक स्थगित

काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेट हुृने भनेपनि अन्तिममा आएर स्थगित भएको छ ।

सोमबार नियमित बस्ने मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको छ । बेलुका बोलाइएको बैठक पनि अन्तिम समयमा स्थगित भएको हो ।

देउवाको सचिवालय स्रोतले भन्योे ‘प्रधानमन्त्रीले आज सन्चो छैन, नभेटौं’ भनेपछि भेट रोकिएको हो ।’ ‘प्रधानमन्त्रीज्यूले आज मलाई सन्चो छैन नभेटौं भनेपछि रोकिएको हो,’देउवा निकट स्रोतले भन्यो, ‘गठबन्धनमै समस्या भएको भन्ने होइन ।’

सोमबार बस्ने मन्त्रिपरिषद्मा गभर्नर नियुक्तिको विषय अघि बढाउने सम्भावना रहेको आकलन गरिएको थियो । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे सदस्य रहेको सिफारिस समिति रहेको छ ।

गभर्नर बन्ने तरखरमा सिफारिस नेपाली कांग्रेसको तर्फबाट समितिका सदस्य डा.विश्व पौडेलले वैशाख २६ गते राजीनामा दिएर बसेका छन् ।