1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

कोशीका सांसदहरू सवार गाडी दुर्घटना

विराटनगर, ५ जेठ। कोशी प्रदेशका चारजना सांसद सदस्य सवार गाडी मोरङ कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ ।

झापाबाट विराटनगरतर्फ आँउदै गरेको बा ५ च ३५२० नम्बरको गाडी विपरीत दिशाबाट आएको कारसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटना भएको गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ थिए । गाडीमा सामान्य क्षति पुगेको तर, कसैलाई चोट नलागेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार, गाडीमा सवार सांसदहरू सबैको अवस्था सामान्य रहेको छ । सांसद मैयाँ श्रेष्ठले भनिन्, ‘मेरै गाडीमा आउँदै थियौं, तीव्र गतिमा आएको गाडीले एक्कासि ठक्कर दियो । हामी सकुशल छौं ।’

सांसदहरू कोशी प्रदेशसभाको बैठकमा सहभागी हुन विराटनगर आउँदै थिए । प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।