1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

गभर्नर सिफारिस समितिकाे बैठक सुरु

काठमाडौँ, ६ जेठ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेका समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य छन ।

अर्थमन्त्री पौडलको सचिवालयले दिएको जानकारीअनुसार गभर्नर सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालयमा जारी छ ।

राष्ट्र बैंकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त छ ।