1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

राष्ट्र बैंकले पायो गभर्नर, १८ औं गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौँ, ६ जेठ । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्ति भएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा उनलाई गभर्नरमा नियुक्त गरेको हो । राष्ट्र बैंकले लामो समयको अन्तरमा नयाँ गभर्नर पाएको छ ।

भर्खरै छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो । चैत २३ गते महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको थियो । यसअघि गभर्नर सिफारीस समितिले कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईलाई सिफारीस गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच विहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति भएको थियो ।