1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

काठमाडौँ, ८ जेठ । सांसदले मनसुनअघि नै विपद जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन्।

राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाहरुले मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन्।

विपद्् व्यवस्थापन (विपद जोखिम न्यूनीकरण, विपद प्रतिकार्य र विपद पुनर्लाभ) सम्बन्धमा भएका काम कारबाही, विपद जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो।

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपद्् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यन्वयन हुनुपर्ने सुझाव दिए। विपद व्यवस्थापन गर्न समन्वय बढाउनुपर्ने, सुरक्षाका सामग्रीको व्यवस्थापन, समयमा नै राहत व्यवस्थापन, छिटो र सहजरूपमा राहत र उद्धार गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने तथा स्थानीय राहत कोषमा रकम पठाउदा प्रभावकारी र छिटो हुने उनको भनाइ छ।

सांसद जगप्रसाद शर्माले सूचना प्रविधिको सदुपयोग गर्दै विपद जोखिम न्यूनिकरण गर्नुपर्ने सुझाव दिए। विपदका जोखिम भएका बस्तीका मानिसलाई अनेत्र व्यवस्थापन गर्नुपर्नेमा उनको जोड रहेको छ।