1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं, ८ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न आग्रह गरेको छ । आज (बिहीबार) आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

आयोगले द्धन्द्धपीडितलाई न्याय हुने विश्वास दिलाउनपनि आग्रह गरेको छ। संक्रमणकालिन न्यायसम्बन्धी गठन भएका दुई आयोग गठनप्रति पीडितहरुले गरेको ध्यानाकार्षणबारेपनि आयोगले बोलेको छ ।

विज्ञप्तीमा भनिएको छ,‘संक्रमणकालिन न्याय पीडितहरुको सन्तुष्टिमा केन्द्रित हुनुपर्ने कुरामा आयोग दृढ छ ।’