1743165528_1200x100.gif
RBB-KISAN-SARAL-KARJA-1200x100px.png

कांग्रेसमा अब त्यागी नेता खोज्नै गाह्रोः सभापति देउवा

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताएका छन्।

शनिबार नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व. खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै देउवाले स्व। रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताएका हुन्।

पार्टीमा यस्ता व्यक्तिहरू धेरै कम रहेको उनको भनाइ छ। उनले भने, ‘ धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन्। सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन्। उहाँलाई पछि भेट्न पाइन मलाई दुःख लागिरहेको छ। उहाँ अत्यन्तै समर्पित साथी हो। त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भने पनि हुन्छ।’

सभापति देउवाले स्व। रेग्मीको बारेमा लेखहरू लेखेर आम जनमानसमा उनको छविबारे उजागर गर्न जरुरी रहेको बताए।