२०८३ बैशाख १३

हितेन्द्रदेवले दिए कुलमानलाई बधाई

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निदेशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्री कुलमान घिसिङलाई बधाई तथा शुभकामना दिएका  छन् ।

शाक्यले मंगलबार सामाजिक सञ्जालमार्फत कुलमानलाई बधाई दिएका हुन् । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले कुलमानलाई हटाएर हितेन्द्रलाई प्राधिकरणमा कार्यकारी निर्देशक बनाएको थियो ।

अहिले जेनजी आन्दोलनको जगमा बनेको सरकारमा कुलमान उर्जामन्त्री बनेपछि हितेन्द्रलाई अप्ठयारो परेको विश्लेषण भैरहेका बेला उनले सामाजिक सञ्जाल मार्फत बधाई दिएका हुन् ।  

उनले भनेका छन्- उर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका श्री कुलमान घिसिङज्यू नयां नेपालको उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाइ छ । सफल कार्यकाल र उत्तरोतर प्रगतिका लागि हार्दिक शुभकामना साथै संपूर्ण उर्जा क्षेत्रकै सफलता सहितको समृद्ध नेपालको समेत हार्दिक मंगलमय कामना व्यक्त गर्दछु ।

Read More

अर्थमन्त्री खनालसँग नाडाका पदाधिकारीको छलफल

काठमाडौँ ।  अर्थमन्त्री रामेश्वर खनालसँग नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले देशको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ ।

व्यवसायीहरुसँगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउदै व्यवसायीहरुको उत्थानका लागि सरकारले ठोस कदम चाल्नु पर्ने धारणा राखे । 

उक्त छलफलमा उनले देशको अर्थतन्त्र खस्किदै गएको बताउदै सरकारले व्यवसायीहरुको मनोबल बढाउने खालका नीतिहरु ल्याउनु पर्ने बताए । छलफल क्रममा अध्यक्ष चौधरीले लगानीकर्ताहरु नेपालमा लगानी गर्न विश्वस्त हुन सक्ने अवस्था नरहेको, तोडफोडबाट भएको हानी नोक्सानीको इन्स्यारेन्स डिस्बर्समेण्ट हुनु पर्ने, नेपाल सवारी प्रदुषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट सवारी साधनहरुको मूल्य बढने भन्दै नेपालको अटोमोवाइल क्षेत्रले भन्सार राजश्वमा २७ प्रतिशत योगदान दिएको, नाडाको क्षमता र कमजोरीका सम्बन्धमा सरकारलाई यथार्थ जानकारी भएको बताए । सो छलफलमा अध्यक्ष चौधरीले नाडा सरकारसंग सहकार्य गरेर अघि बढन चाहेको बताए । 

उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरुमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरु समेत पेश गरे । उक्त छलफलमा खाशगरी पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैकहरुबाट हायर प्रचेज लोन प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेसियोमा हाल ६० प्रतिशतको सिमा लाई बढाएर ८० प्रतिशत पुर्याउनु पर्ने सुझाव समेत दिए । 

सो छलफलमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सडक बिग्रेको कारण तातोपानी भन्सारबाट सवारी साधनहरु नेपालमा आउन नसकेको सम्बन्धमा छिटै सवारी साधन सञ्चालन गरिने आश्वासन दिदै व्यवसायीहरुका लागि प्रोत्साहन प्याकेज समेत ल्याइने बताए । त्यसैगरी नेपाल सवारी प्रदुषर्ण मापदण्ड २०८२ को कार्यान्वयनबाट परेको असरहरुका सम्बन्धमा बन तथा वातावरण मन्त्रालयसंग छलफल गरिने बताए । 

छलफलमा अर्थमन्त्री खनालले व्यवसायीहरुले राखेका सुझावहरुलाई मनन गर्दै आन्दोलनबाट भएका लस र डयामेजको तथ्याङ्क संकलनगरी समुचित कदम चालिने बताए । सोही क्रममा मन्त्री खनालले बैंक र फाइनान्सबाट प्रदान गर्न सकिने सुविधाहरु प्रदान गरिने भन्दै करमा के के सुविधा दिन सकिन्छ त्यसका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासन समेत दिए । सोही छलफलको क्रममा मन्त्री खनालले आन्दोलनले अटोमोवाइल क्षेत्रमा ठूलो नोक्सानी पुर्याएको छ भन्नु हुदै आफु व्यवसायीहरुको सिधा सम्पर्क रहने बताए । उक्त छलफलमा टेक्सका सम्बन्धमा धेरै सुझावहरु आएको सन्दर्भमा यसबारे क्याविनेटमा छलफल गरिने बताए । 

उक्त छलफलमा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्यद्धय आकाश गोल्छा, प्रकाश कपुरी, मेघराज पौडेल, यमुना श्रेष्ठ र अभिक ज्योति समेतकोे उपस्थिति रहेको थियो ।

Read More

यस्तो छ बडा दशैँको टीकाको साइत

काठमाडौं । यस वर्षको बडा दशैँको टीकाको साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा उत्तम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडा दशैँको शुभ साइत सार्बजनिक गर्दै असोज १६ गते बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ ।

२०८२ सालको विजयादशमीका शुभसाइत: 
१- वि.सं. २०८२ साल असोज ६ गते सोमवार- नवरात्रारम्भ, घटस्थापना बिहान ९: १३ बजे । 

२. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलवार- झण्डा फेर्ने, बिहान ९: ५३ बजे (पूर्व मोहडा) ।

३- वि.सं. २०८२ साल असोज ११ गते शनिवार – श्रीपचलीभैरव यात्रा ।

४- वि.सं. २०८२ साल असोज १३ गते सोमवार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे ।

५- वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार – महाष्टमी, कालरात्रि ।

६- वि.सं. २०८२ साल असोज १५ गते बुधवार- महानवमी स्थिरासन बिहान ९: २३ बजे ।

७- वि.सं. २०८२ साल असोज १६ गते बिहीवार – विजया दशमी, देवी विसर्जन, बिहान ९: २३ बजे । टीका बिहान ११: ५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने) । श्री तुलजाभवानी यात्रा, दिवा १२: १९ बजे । स्थिरासन दिवा १: १७ बजे, खड्गयात्रा ।

८- वि.सं. २०८२ साल असोज २० गते सोमवार – अखिलबलिपूर्ति । वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत ।

Read More

राष्ट्रपति पौडेलबाट राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशनको अन्त्य गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रिय सभाको चालु अधिवेशन आजराती १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Read More

सबै नेपालीले हातेमालो गरेर सुरक्षित, समृद्ध र सुन्दर नेपाल सृर्जना गरौं: डा. उपेन्द्र महतो

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा प्रतिष्ठित व्यवसायी डा. उपेन्द्र महतोले देशभित्र र बाहिर रहेका सबै नेपालीले हातेमालो गरेर सुरक्षित, सृमद्ध र सुन्दर नेपाल सिर्जना गर्न आह्वान गरेका छन् । देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखी गत भदौ २३ गते सडकमा उत्रिएका जेन–जी पुस्ताका हजारौं युवाको शान्तिपूर्ण आन्दोलनमा सरकारको बर्बर दमन देखेर आफू विचलित भएको पनि महतोले स्मरण गराएका छन् ।

आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै डा. महतोले अनाहकमा ज्यान गुमाएका युवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आफू नेतृत्वको नेपाल मेडिसिटी हस्पिटलमा घाइतेहरुको निःशुल्क उपचार गराएको पनि स्मरण गराएका छन् । उनले भनेका छन्,‘केही युवा अझै पनि उपचाररत छन् । त्यस्तो संकटको बेला हामीले जे सम्भव थियो, त्यो गर्ने प्रयास गरिनै रहेका थियौं । भोलिपल्ट काठमाडौं र क्रमशः देशैभरि जुन हिंसात्मक ताण्डव भयो, त्यो जेन–जी प्रतिनिधित्व गर्ने सचेत युवाको आन्दोलन त कदापी थिएन, त्यो हिंसाको हुण्डरीमा संसद् भवन, सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतजस्ता राज्यका संस्था, सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक धरोहरहरुलगायतका थुप्रै अत्यावश्यक भौतिक संरचनासँगै हाम्रो घरजस्ता असंख्य निजी निवास पनि तहसनहस भए । मेरो परिवार केही मिनेटले बाँच्न सफल भयो।’

डा. महतोले वातावरण अलि सँग्लिएपछि यो विध्वंशको पनि छानबिन हुने र दोषीले सजाय पाउलान् भन्ने आशा राखेका छन् । तर, कोभिड महाव्याधिपछि बल्लबल्ल तङ्ग्रिन लागेको मुलुक यो घट्नापछि दशकौं पछाडि धकेलिएको महतोको भनाई छ । उनकाअनुसार यसको प्रभाव जेन–जीकै जीवनमा पनि अत्यन्त नकारात्मक ढंगले पर्नेमा कुनै संदेह छैन ।

महतोले आफू तात्कालीन सोभियत संघ र पछि रुस, बेलारुसमा उच्चशिक्षा हासिल गरेपछि उतै व्यवसायमा रमाएको, र केही मिहिनेत, केही भाग्य र केही संयोगहरूले व्यवसाय सफल हुँदै गएको पनि स्मरण गराएका छन् । उनले भनेका छन्,‘म सिराहाको एउटा पिछडिएको गाउँमा जन्मे, हुर्केको मान्छेलाई इश्वरको अनुकम्पाले त्यहाँसम्म पुर्यायो र जीवनमा अगाडि बढ्ने सुनौलो अवसर दिलायो । तर यता आफ्नो मातृभूमि भने अकल्पनीय द्वन्द्वमा फस्दै गएको थियो । माओवादी आन्दोलनको प्रभवले हाम्रो अर्थतन्त्र जर्जर हुँदै गयो । नेपाली भन्नेबित्तिकै विदेशमा हामीलाई शंकाको नजरले हेर्ने प्रवृत्ति बढेर गयो । हरियो पोसपोर्ट देख्नेबित्तिकै विमानस्थलहरुमा हेपिएका अनगिन्ति अनुभव भोग्दै जाँदा आफ्नो देश अभाव र विपन्नतासँग जुधिरहुञ्जेल व्यक्तिगत समृद्धिको खासै अर्थ नहुने रहेछ भन्ने अनुभूति घनिभूत हुँदै गयो ।’

संसारभरि छरिएर रहेका नेपालीहरुलाई संगठति गरेर नेपालको निर्माणसँग जोड्न सकियो भने तिनको सामूहिक योगदानले देशको शान्ति र समृद्धिमा गतिलो भूमिका खेल्न सक्छ भन्ने लागेर केही असल साथीहरुसँग मिलेर गैरआवासीय नेपाली (एनआरएनए) अभियान सुरु गरेको पनि उनले स्मरण गराएका छन् । महतोले गैरआवासीय नेपालहरु नेपालसँग जोडिएको र तिनको कानूनी हैसियत संविधानमै सुनिश्चित् भएको देख्दा आफ्नो व्यवसायभन्दा पनि धेरै समय संसारभरि छरिएर रहेका नेपालीहरुलाई संगठित गरी एउटा बृहद् सञ्जालको निर्माण गर्न र तिनको हकहितलाई स्थापित गर्न, तिनका साना/ठूला लगानी र सिपलाई नेपाल भित्र्याउन र विदेशमा दोस्रो पुस्तामाm आफूहरुको भाषा, संस्कृतिको सम्र्वद्धन गर्न खर्चिएकोमा आफूलाई असाध्यै गर्व रहेको पनि स्पष्ट पारेका छन् ।

महतोले विदेशमा ठूल्ठूला अवसर हुँदाहुँदै वा आफ्नालागि जहाँ पनि अवसरको सिर्जना गर्नसक्ने क्षमता भएर पनि आफूले कहिल्यै विदेशमा स्थायी रुपले बस्ने नसोचेको प्रष्ट पारेका छन् । उनले विज्ञप्तीमार्फत थप भनेका छन्,‘संसारका अरू डायस्पोराझैं मलाई पनि आफ्नै देश समृद्ध भएको हेर्ने चाहना छ । त्यसैले सधैं नेपाली नागरिकता र हरियो पासपोर्ट नै बोकिरहें । मेरी जेठी छोरी विदेशमा उच्चशिक्षा हाँसिल गरेर नेपाल फर्किसकेकी छिन् । अर्की छोरी र छोरापनि दिदीकै पदचापलाई पछ्याउने छन् । तिनले नेपाली भएर बाँच्ने र नेपालमै केही गर्ने संस्कार सिकेका छन् । विगत केही दिनका घट्नाले तिनलाई अवश्य दुःखी बनाएको छ । तर, त्इो क्षणिक हुनेछ भन्नेमा मलाई किञ्चित आशंका छैन ।’

आफ्नो घर जलाईएको घट्नाले मर्माहत भएर विश्वका धेरै देशमा बसोबासरत नेपाली साथीहरुले फोन गरिरहेको उल्लेख गर्दै महतोले भने,‘धेरैले नेपालमा लगानी गर्नुभएको छ, सुरक्षाको चिन्ता हुनु स्वभाविक नै भयो । म उहाँहरुलाई भन चाहन्छु कि धेरै राष्ट्रको इतिहासमा यस्तो भएको छ, हुन्छ । मैले त अझ सोभियत संघको अवसानसँगैको कहालीलाग्दो संक्रमण भागेको छु । यसबाट हतोत्साही नभई निर्धक्क भएर नेपालमा अझ धेरै लगानी लिएर आउनुहोस । हाम्रा महत्वपूर्ण संराचनाहरुको फेरि सिर्जना गर्नुपर्नेछ, अझ जुर्मुराएर उठ्नु छ । नेपाल हाम्रो घर हो, देशलाई तपाईंको झन् धेरै खाँचो छ । नेपालको प्रगति नभई तपाईंको व्यक्तिगत समृद्धि अर्थहीन हुने रहेछ भन्ने कुरालाई त्यतातिर मौलाउँदै गएको पपुलिज्म र जेनोफोवियाले झन् पुष्टि गरेको छ । जेन–जीले परिकल्पना गरेको समृद्ध नेपालमा शान्ति र विधिको शासन स्थापित हुनेछ भन्नेमा विश्वास गरौं । देशभित्र र बाहिर रहेका सबै नेपालीहरुले हातेमालो गरेरमात्र सुरक्षित, समृद्ध र सुन्दर नेपालको सृजना हुनेछ ।’

जेन–जी आन्दोलनको क्रममा डा. महतोको १५० वर्षको पूरानो इतिहास बोकेको घर खरानी भएको छ । महतोले भनेका छन्,‘सन् २००६ मा सहदेव शमशेर राणासँग खरिद गरी आफू र आफ्नी धर्मपत्नी डा. समता प्रसादले बडो जतनले पुनर्निर्माण र संरक्षण गरेर राखेको करिब १५० वर्ष पुरानो घर खरानी भएको छ । मलाई त्यसरी भष् भएर सिद्दिएको घरभित्र जलेका हजार सपनाहरूको असाध्यै माया लागिरहेको छ ।’

महतोले त्यो घर आफ्नो जीवनको संघर्ष, प्रगति र दुःख–सुखकाको साक्षी रहेको भनेका छन् । उनले अघि भनेका छन्,‘त्यो घर मेरो संघर्ष, प्रगति र दुःख–सुखको साक्षी थियो । मेरा दुई छोरीहरू र छोराको बाल्यकालको हाँसो र रोदनको गुञ्जनले भरिएको त्यो घरमा अब ढल्न लागेका केही भित्ता र डढिरहेका सम्झनाहरुको दुर्गन्ध मात्र बाँकी छ । वास्तवमा, त्यो केवल मेरो परिवारको सम्पत्ति मात्र थिएन, आफ्नो ऐतिहासिक महत्व र वास्तुकलाका हिसाबले देशकै धरोहर थियो । त्यहाँ धेरै फिल्महरुको सुटिङ भएको छ । एउटा रुसी टिभी च्यानलले त नेपालको अन्य सुन्दर सम्पदाहरुसँगै त्यो घरलाई पनि अत्यन्त आकर्षक भवनको रुपमा आफ्नो देशमा प्रस्तुत गरेको थियो । त्यो सौन्दर्य खरानी भएर हावामा उडिरहेको देख्दा जलेको घरसँगै आफ्नो एउटा अंश पनि जलेको आभास हुँदो रहेछ । घर त फेरि पनि बनाइला, तर त्यस्तो घर अब कहाँ बन्छ र ? हामीसँग न त्यो प्रविधि छ, न त ती शिल्पीहरु छन् । मेरो जीवनका थुप्रै उतारचढाव देखेको हाम्रो घर अब त्यसभित्र हुर्किएको हाम्रो पारिवारिक स्नेह, मीठो सम्झना र थुप्रै रमाइला भेटघाटको स्मृतिमा सीमित भएको छ ।’

Read More

जेनजी आन्दोलनका ६ शहिदको शव सेनाको हेलिकप्टरबाट सम्बन्धित जिल्लामा पठाइयो

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट सम्बन्धित जिल्लामा पठाइएको छ ।

भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ६ जना व्यक्तिहरुको शव अन्तिम संस्कारका लागि भाद्र ३१ गते नेपाली सेनाको हेलिकप्टरबाट सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लाहरुमा लगिएको हो ।

यसअघि अहिलेसम्म पोष्टमार्टम गरिएका शवको टिचिङ अस्पतालदेखि शव यात्रा गरिएको थियो । अन्य शवको भने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

Read More

प्रचण्डको राजीनामा माग्दै जनार्दनले भने अब पुरानाले होइन नयाँले देश हाँक्छ

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा मागेका छन् ।

जेन–जी आन्दोलनको संश्लेषण र आगामी रणनीतिबारे आफ्नो १६ बुँदे प्रस्ताव राख्दै उनले भनेका छन्, ‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ।’

त्यस्तै उनले जेन–जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीति, संस्कृतिमाथि प्रहार गरेको भन्दै त्यसको सकारात्मक संश्लेषण गरिनुपर्ने धारणा राखेका छन् । जेन–जी आन्दोलनले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेको बताउँदै उनले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको उल्लेख गरेका छन् ।

त्यस्तै, वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने, पार्टीभित्र सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने, २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानबिन र जेन जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन अहिलेको सरकारसँग माग गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्ने, कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्ने, वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्ने उनको माग छ ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रूपमा उठाउनुपर्ने, पार्टीभित्रका दलित महिलाका समस्याहरू समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने, सांस्कृतिक विचलन, यौन अराजकताजस्ता घटनाक्रमको छानबिन गर्नुपर्ने, शहीद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्ध वृद्धाहरुको संरक्षणसम्बन्धी नीति तय गर्नुपर्ने उनको माग छ ।

त्यस्तै, श्रम र आर्थिक उत्पादनसम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रममार्फत् सबैलाई स्वरोजगार बनाउन अभियान सुरू गर्नुपर्ने, राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्ने उपमहासचिव शर्माको माग छ ।

Read More

बालेनलाई हर्कको जवाफ: लुकेर गेम खेल्दै स्टेटस लेख्न सजिलो छ, देशले कति गुमायो थाहा छ ?

काठमाडौँ  । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यति बेला फेसबुकमा निकै आक्रामक स्ट्याटस लेखिरहेका छन् । उनले सामाजिक सञ्जालमा लगातार लेखिरहेका स्ट्याटस अहिले चर्चाको विषय पनि बनेको छ । कतिले उनको फोन खोसिदिनु पर्ने ठट्टा समेत गर्न थालेका छन् ।

यसबीच हर्क र बालेनको सम्बन्ध जेनजी आन्दोलनपछि सुखद नभएको स्वयं हर्कले बालेनका बारेमा लेखेको बाटै बुझ्न सकिन्छ । प्रधानमन्त्री बन्ने भन्दै काठमाडौँ आएका हर्क त्यति बेला निराश भए जब बालेनले प्रधानमन्त्रीमा सुशिला कार्कीको समर्थन गरे ।

अब हर्कले बालेनविरुद्ध लगातार लेख्दै आएका छन् । यसैबीच मंगलबार बालेनले हर्क साम्पाङलाई जति गालि गरेपनि आफुले तिमीलाई माया गर्न नछोड्ने भन्दै लेखे । बालेनले लेखे- डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रू लभ । 

अब हर्क साम्पाङले यसको जवाफ दिएका छन् । हर्कले भनेका छन्- ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ??? देश रोएको बेला ऊ हाँस्दै बसेको छ !’

Read More

भारतीय क्रिकेट टिमको प्रमुख प्रायोजक बन्यो अपोलो टायर्स

काठमाडौँ । ड्रीम ११ को बहिर्गमनपछि अपोलो टायर्स भारतीय क्रिकेट टोलीको नयाँ प्रायोजक बनेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बोर्डले अहिलेसम्म यसबारे कुनै आधिकारिक घोषणा नगरेपनि अपोलो टायर्स मुख्य प्रायोजक बनेको बताएको छ । 

मिडिया रिपोर्टका अनुसार, अपोलो टायर्सको बीसीसीआईसँग २०२७ सम्मको सम्झौता भएको छ । नयाँ सम्झौता अन्तर्गत, अपोलो टायर्सले बीसीसीआईलाई प्रति खेल ४.५ करोड भारु तिर्ने सहमति गरेको छ । जुन यसअघि ड्रीम ११ को पहिले प्रति खेल ४ करोड भारुको सम्झौता थियो । रिपोर्टमा भनिएको छ, अपोलो टायर्स बाहेक, क्यानभा र जेके टायर्स बोली लगाउने अन्य दुई कम्पनीहरू थिए । यसबाहेक, बिर्ला अप्टस पेन्ट्स लगानी गर्न इच्छुक देखिए पनि उनीहरु प्रक्रियामा सहभागी नभएको बताइएको छ ।

सेप्टेम्बर २ मा, बीसीसीआईले भारतीय टोलीको मुख्य प्रायोजक अधिकारको लागि आवेदनहरू आमन्त्रित गरेको थियो र बोली प्रक्रिया मंगलबार भएको थियो । नियमहरूको व्याख्या गर्दै, बीसीसीआईले गेमिङ, बेटिंग, क्रिप्टो र तंबाकू ब्रान्डहरूलाई बोली प्रक्रियामा भाग लिन अनुमति नदिने बताएको थियो । यस्तो अवस्थामा, आगामी समयमा, अपोलो टायर्स अब भारतीय जर्सीमा लेखिएको देखिनेछ ।

आगामी समयमा भारतको व्यस्त अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरलाई ध्यानमा राख्दै, यो साझेदारीले अपोलो टायर्सलाई विश्वव्यापी स्तरमा ठूलो मान्यता दिनेछ । यो सम्झौतालाई हालका वर्षहरूमा भारतीय क्रिकेटको सबैभन्दा ठूलो र सबैभन्दा लाभदायक प्रायोजन सम्झौताहरू मध्ये एक मानिएको छ ।

भारतीय पुरुष क्रिकेट टोलीले कुनै जर्सी प्रायोजक बिना नै युएईमा जारी एसिया कप खेलिरहेको छ, जबकि महिला टोलीले अष्ट्रेलिया विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा पनि कुनै प्रायोजक बिना नै खेलिरहेको छ । 

भारतीय क्रिकेट नियन्त्रण बोर्ड र अपोलो टायर्स बीचको सम्झौता त्यस्तो समयमा भएको हो जब बिसिसीआईले ड्रीम ११ सँगको आफ्नो सम्झौता समाप्त गरेको थियो । ड्रीम ११ सट्टेबाजीसँग सम्बन्धित गेमिङ एप हो, जुन हालै भारतसरकारले कानुन बनाएर प्रतिबन्धित गरिएको थियो । यसका कारण बोर्डसँगको ३५८ करोडको सम्झौता समयपूर्व समाप्त भएको थियो ।

Read More

पूर्व उर्जामन्त्री खड्काले प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न कुलमानको निर्देशन

काठमाडौँ  । उर्जामन्त्री कुलमान घिसिङले पूर्व उर्जामन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणमा खोलेको कार्यकक्ष तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।

कुलमानको निर्देशनपछि उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई पत्र लेख्दै सो कार्यालय आवश्यक नभएको र प्राधिकरणले प्रयोग गर्न सचिव स्तरीय निर्णय गरेर निर्देशन दिएको छ ।

यसअघि पुर्व मन्त्री खड्काले प्राधिकरणमा संचालक समितिको अध्यक्षको लागि भन्दै आफ्नो कार्यालय खोलेपछि चौतर्फी आलोचना भएको थियो ।

Read More