२०८३ बैशाख १३

गाजामा इजरायलको भिषण आक्रमण: तीन दिनमा चार लाखले छोडे घर

काठमाडौँ । इजरायली सेनाले गाजा शहरमा आक्रमण लगातार आक्रमण गरेको छ गर्‍यो, जसले गर्दा ठुलो विनाश निम्त्याएको छ । यस अवधिमा १५० हवाई हमला र ट्याङ्क आक्रमण गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

पछिल्लो आक्रमणबाट १० लाख जनसंख्या भएको गाजा शहरबाट चार लाख प्यालेस्टिनीहरू भाग्न बाध्य भएको बताइएको छ । त्यस्तै गाजामा कुपोषणका कारण पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै गाजामा भोकमरीका कारण मृत्यु हुनेको संख्या अहिले ४३५ पुगेको छ, जसमा १४७ बालबालिका पनि छन् । हमास-इजरायल युद्ध सुरु भएदेखि, गाजामा ६५ हजर १४१ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । त्यस्तै इजरायली सेनाले बिहीबार दक्षिणी गाजा पट्टीमा आफ्ना चार सैनिक मारिएको बताएको छ ।

इजरायलका अति-दक्षिणपन्थी अर्थमन्त्री, मजालेल स्मोट्रिचले तेल अभिभमा आयोजित एक सम्मेलनमा भने- ‘गाजा एक घर जग्गाको धन हो । हामीसँग यसलाई विकास गर्ने व्यावसायिक योजना छ । यसका लागि, हामी यसलाई कसरी वितरण गर्ने र यसको फाइदा कसरी लिने भन्ने बारेमा अमेरिकासँग कुरा गरिरहेका छौं ।’

Read More

ट्रम्प र सी जिनपिङबीच फोनमा कुराकानी, टिकटकसहितका विषयमा छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले फोनमा कुराकानी गरेका छन् । 

ट्रम्पले सी जिनपीङसँग कुराकानी गरेको जानकारी दिदै व्यापार, फेन्टानिल, रूस-युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकता र टिकटक सम्झौताको अनुमोदन सहित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरेको बताएका छन् । 

उनले भनेका छन्- ‘मैले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उत्पादक कुराकानी पूरा गरेको छु । हामीले व्यापार, फेन्टानिल, रूस-युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकता र टिकटक सम्झौताको अनुमोदन सहित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा प्रगति गरेका छौं ।’

उनले अगाडी भनेका छन्- ‘म राष्ट्रपति सीसँग पनि सहमत छु कि हामी दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनमा भेट्नेछौं । म अर्को वर्षको सुरुमा चीनको भ्रमण गर्नेछु, र राष्ट्रपति सीले पनि उचित समयमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नेछन् । यो धेरै राम्रो कुराकानी थियो । हामी फेरि फोनबाट कुरा गर्नेछौं । टिकटक स्वीकृतिको लागि धन्यवाद र हामी दुवै एपेकमा भेट्न तत्पर छौं ।’

त्यस्तै ट्रम्पसँगको कुराकानी पछि चीनले राष्ट्रपति सी जिनपिङले चीन र संयुक्त राज्य अमेरिका सँगै प्रगति गर्न र विश्वमा शान्ति ल्याउन सक्छन् भन्ने कुरामा जोड दिएको तर यसका लागि पारस्परिक सम्मान र सहयोग आवश्यक रहेको बताएको उल्लेख गरेको छ ।

सी जिनपिङले सो अवसरमा अमेरिकाले एकतर्फी व्यापार प्रतिबन्धहरूबाट बच्नुपर्ने र टिकटकको निष्पक्ष समाधानलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको उल्लेख गरेको छ ।

Read More

जनताको ढाडमा चढेर गरिएको सुधारलाई सुधार भन्न मिल्दैन: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जनताको ढाडमा चढेर गरिएको सुधारलाई सुधार भन्न नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले आम जनताका लागि बनाइएका गाउँका योजना काटेर ऐतिहासिक भन्दै प्रचार गरिएको भन्दै अर्थमन्त्रीले पहिलो गाँसमा नै ढुङ्गा चपाएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्-  
जनताको ढाडमा चढेर गरिएको सुधारलाई सुधार भन्न मिल्दैन !

अर्थमन्त्रीले भनेछन– “गेम चेन्जर” । जनताले लागी – “विकास डेन्जर”। एक खर्ब खोजिएको प्रचार गरियो । विष्णु पौडेललाई असफल भनेर चित्रित गर्न खोजियो । गाउँको योजना काटियो । सामान्य जनताको सुबिधा काटियो॥ ठालूहरूको सुविधा बचाइयो । अनि प्रचारमा “ऐतिहासिक” भनियो ॥

अर्थमन्त्रीले पहिलो गाँसमा नै ढुङ्गा चपाएका छन्। यो निर्णय जनविरोधी र ग्रामीण क्षेत्र विरोधी हो ।

Read More

अल अहलीसँग बराबरीमा रोकियो अल हिलाल

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलाल र अल अहली साउदी बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा अल हिलाल र अल अहलीले ३-३ गोलको बराबरी खेलेका हुन् ।

३-० ले पछि परेको अल अहलीले खेलमा कमब्याक गर्दै खेलको अन्तिम समयमा तीन गोल गरेर खेल बराबरी गरेको थियो ।

अल हिलालका लागि मालकमले २ गोल गरेका थिए भने थियो हर्नानडेजले एक गोल गरेका थिए । अल अहलीका लागि इभान टोनीले २ गोल गरेका थिए भने मेर्लिन डेमिरलले एक गोल गरेका थिए ।

यो बराबरीपछि अल हिलालको ३ खेलमा ५ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै अल अहलीको ३ खेलमा ५ अंक नै छ र आठौ स्थानमा रहेको छ ।

Read More

धरानको नगरसभा आज, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुदै

धरान । धरान नगरपालिकाको बजेट आज आउदै छ । आज बस्ने १७औ नगरसभा बैठकमा नगरपालिकाको चालु आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुन लागेको हो ।  असार १० गतेसम्म आउनुपर्ने बजेट आज आउने भएको हो । नगरसभा आज बिहान ८ बजे धरान उपमहानगरपालिकाको परिसरमा हुन लागेको छ ।

बैठकले चालु आर्थिक बर्षको लागी २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट ल्याउने भएको छ  ।

यसअघि भदौ २६ मा नगरसभा गर्ने निर्णय भएपनि जेनजी आन्दोलनको क्रममा धरानमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नगरसभा बसेको थिएन ।  बैठकमा मेयर हर्क साम्पाङले बाँकी रहेका ९ बटा एजेण्डा प्रस्तुत गरेका थिए । बैठकमा नीति तथा कार्यक्रम संशोधनसँगै राजश्व पुनरावलोकनबारे, बसपार्क सञ्चालनबारेको प्रतिवेदन, सडक उपयोग सेवा शुल्कको ठेक्का , दररेट लगायतका बाँकी रहेका एजेन्डाहरु पारित भएको छ ।

बैठकमा मेयर साम्पाङले बिपद् कोषमा छ्ट्टुाएको ३ करोडबाट फोहोर मैला उठाउनका लागि मिनि टिप्पर किन्नको लागि १ करोड छुट्टाउन राखेको प्रस्ताव पनि कार्यपालिकाबाट सर्वसम्मत पारित भएको छ । त्यस्तै भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा शहादत प्राप्त गरेका धरान उपमहानगरपालिका वडा नम्बर ५ आमटार चौरी निवासी साजन मेवाहाङ्ग राईका दुई नाबालक छोराहरुको पठन पाठन लागि राहत स्वरुप उनीहरुको नाममा खाता खोली ५ लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरिएको छ । 

नेपालको संविधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार मसान्त भित्रमा बजेट निर्माण गरी पास गरिसक्नु पर्ने कानूनी व्यवस्था छ । तर अन्तिम समयमा पनि नगर सभाबाट प्रस्तावित विनियोजन विधेयक र बजेट पारित हुन नसक्दा श्रावण १ गतेबाट बाट धरान उपमहानगरपालिकाको बजेट कानुनी रूपमै बजेटविहीन बनेको थियो । धरानको बजेट शुन्य भएसंगै दुई महिना देखि आर्थिक कारोबार पूर्ण रुपमा ठप्प रहेको छ ।

Read More

ओमानमाथि भारत २१ रनले विजयी, सुपर फोरका खेल आजदेखि

काठमाडौँ ।  भारतले जारी एशिया कपमा भारतले ओमानलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको हो । भारतले दिएको १८९ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

ओमानका लागि आमिर कालिमले ६४, हमाद मिर्जाले ५१ र कप्तान जतिन्दर सिंहले ३२ रन बनाए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले सन्जु सामसनको ५६ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

योसंगै एशिया कपको समुह चरणका खेल सकिएका छन् । समुह ए बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेशले सुपर फोरमा स्थान बनाएका छन् । अब सुपर फोरका खेल आजदेखि शुरु हुदैछन् । आज पहिलो खेलमा बंगलादेश र श्रीलंका खेल्ने तालिका रहेको छ ।

Read More

मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि नै अवरुद्ध

काठमाडौँ ।  मुग्लिन-नारायणघाट सडक खण्ड गएरातीदेखि नै अवरुद्ध भएको छ ।

मुग्लिन नजिकै तुइन खोला छेउमा हिजो साँझदेखि झरेको पहिरो रातभरि झर्ने क्रम नरोकिकाले  सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । पहिरो झर्ने क्रम अझैपनि जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ । तथापी हाल २ वटा लोडर परिचालनको लागि तयारी अवस्थामा छन भने अर्को एउटा एक्स्ट्राभेटर पनि तयारी अवस्थामा  राखिएको डिभिजन कार्यालयले जनाएको छ । हाल सूरक्षालाई मध्यनजर गरि पहिरो झर्न रोकिएपछि क्रमशः यथाशक्य छिटोभन्दा छिटो आवागमन सूचारू गरिने व्यहोरा सडक डिभिजनले जनाएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जनाएको छ ।

आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै आज राति कोशी  प्रदेश, मधेश  प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, मधेश प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More

२०८२ असोज ४ गते शनिवार: आजको राशिफल

आज असोज ०४ गते शनिवार ई.सं. २०२५ सेप्टेम्बर २० नेपाल सम्बत ११४५ ञलागा चतुर्दशी- २९ , सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, शरद ऋतु, असोज कृष्ण चतुर्दशी, चन्द्रमा सिहं राशिमा, मघा नक्षत्र,  साध्य योग, विष्‍टि (भद्रा) करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ५१ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर ०५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा सिहं राशीको हुनेछ । 

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कन तिल मुखमा राखेर जुनसुके दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २२ मिनेट देखि ०८ बजेर ५४ मिनेटसम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आजको दिनमा चतुर्दशी श्राद्ध रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सफलताले प्रतीक्षा गरिरहेको दिन हो, त्यसैले सानातिना कुराहरूको बेवास्ता गर्दै ठूला र राम्रा काम बनाउने प्रयास गर्नुपर्छ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन/अध्यापनका दृष्टिले कमजोर समय छैन, मिहिनेतको उत्कृष्ट नतिजा मिल्नेछ, तर पनि गेम र इन्टरनेटमा झुम्मिने हुँदा पढाइ बिथोलिन सक्छ । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्‌ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । घरपरिवारमा सम्पर्क राखी खैखबर बटुल्ने समय हो । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काम जोखिमपूर्ण देखिए पनि कार्यसम्पादनमा सहजता हुनेछ, अझ सिनियर वा अनुभवीको साथ पाउनाले आफ्नो कार्यक्षमता र प्रतिभा तिखार्ने अवसर मिल्नेछ । चिन्ता र शङ्कालाई त्यागेर अब नयाँ ढंगले अघि बढ्ने प्रयास गर्नुहोस्, ब्रेक नै भएको छ भने पनि पुनः सम्बन्ध कायम हुनेछ । सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । आन्तरिक सम्बन्धमा सुमधुरता आउने तथा साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्‌ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । उच्चकोटिको प्रेम भावनाको उदय हुने दिन हो, जीवनसाथी वा प्रेमी/प्रेमिकासँग निकटता बढ्नेछ । सुखसुविधाका सामाग्री वा कुनै यन्त्र/उपकरण आदि किनमेल गर्न धन खर्च हुनसक्छ । सफलता हासिल गर्न प्रतिस्पर्‌द्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूर्ण उपलब्धि लिन सकिने छ । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश/विदेशको यात्रामा निस्कने संयोग जुरेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फुर्सद निकालेर घरपरिवार सम्पर्क गर्ने वा फोनमै भए पनि विचार/विमर्श गर्ने दिन हो । नवीन रोजगारी वा व्यापारको योजना छ भने काम थाल्नु उचित हुन्छ । आफ्‌नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ । दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ । विदेश यात्रा वा छात्रवृत्तिका लागि तैयारी गरिंदै छ भने आजको प्रयासले नयाँ गति समात्ने र लाभ पाउने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ, सबैले सम्मान गर्नेछन्, समयमै कार्य सम्पन्न हुनाले मन हलुका र आनन्दित बन्नेछ, पारिवारिक सुखको योग बनेको छ । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन । घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । आइपरेका चुनौती र परीक्षाहरूमा खरो उत्रेर अघि बढ्ने समय हो, आजको दिनअध्ययनप्रति मात्र होइन, स्वास्थ्यस्थिति एवं आहार/विहारप्रति पनि ध्यान दिनु ठीक हुन्छ ।

Read More