२०८३ बैशाख १३

एशिया कप जितेको भारतीय टिमलाई बोर्डले दियो २१ करोड नगद पुरस्कार

काठमाडौँ । पाकिस्तानलाई हराउदै एशिया कपको उपाधि जितेको भारतीय टिमलाई भारतीय क्रिकेट बोर्डले २१ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको छ ।

गएराती युएईको दुबईमा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । उपाधि जितेसँगै भारतीय बोर्डले खेलाडी र सपोर्ट स्टाफलाई २१ करोड भारु नगद पुरस्कार दिने घोषणा गरेको हो । 

त्यस्तै एसिया कप २०२५ को रोमाञ्चक फाइनल पछि, पुरस्कार समारोहमा खेलाडीहरूलाई उनीहरूको उत्कृष्ट प्रदर्शनको लागि सम्मान गरिएको थियो । भारत र पाकिस्तान बीचको उच्च-भोल्टेज खेल पछि, धेरै खेलाडीहरूले पुरस्कार प्राप्त गरे । खेलको खेल परिवर्तनकर्ताको उपाधि भारतीय अलराउन्डर शिवम दुबेलाई प्रदान गरिएको थियो, जसले ३५ सय अमेरिकी डलर पुरस्कार राशि प्राप्त गरे ।

युवा ब्याट्सम्यान तिलक वर्माले उत्कृष्ट इनिङका साथ दुई प्रमुख पुरस्कारहरू जिते, सुपर सिक्स अफ द म्याचका लागि ३ हजार डलर र प्लेयर अफ द म्याचका लागि ५ हजार डलर प्राप्त गरे । भारतीय स्पिनर कुलदीप यादवले आफ्नो निरन्तर प्रदर्शनको लागि १५ हजार अमेरिकी डलर नगद पुरस्कार सहित प्रतियोगिताको मूल्यवान खेलाडीको पुरस्कार प्राप्त गरे ।

युवा स्टार अभिषेक शर्माले प्रतियोगिताको सर्वोच्च सम्मान, प्लेयर अफ द टुर्नामेन्ट जिते । उनले १५ हजार डलरको साथ एक लक्जरी कार पनि प्राप्त गरे ।

त्यस्तै उपाधि जितेको भारतले ३ लाख डलर नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको पाकिस्तानले ७५ हजार डलर पाएको छ ।

Read More

न्यूक्यासलमाथि आर्सनलको कमब्याक जित

काठमाडौं । आर्सनलले प्रिमियर लिग अन्तर्गत न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा मिकेल मेरिनो र गाब्रियल मागालहाएसले एक एक गोल गरेका थिए । त्यसैगरी निक ओल्टरमेडले एक गोल गरेका थिए ।

१-० ले पछि परेको आर्सनलले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । न्युक्यासलले खेलको ३४औं मिनेटमा शुरुवाती गोल गरेको थियो । त्यसपछि खेलको ८४ र ९६औं मिनेटमा आर्सनलले गोल गर्दै खेलमा कमब्याक जित हासिल गरेको थियो ।

यो जितपछि आर्सनलको ६ खेलमा १३ अंक भएको छ भने लिगमा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै न्यूक्यासलको भने यस सिजनमा यो दोस्रो हार हो । ६ खेलमा ६ अंक रहेको न्यूक्यसल लिगमा १५औं स्थानमा झरेको छ ।

Read More

अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना: दुई जनाको मृत्यु

बुटवल । बुटवलबाट अर्घाखाँची हुँदै गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२३ नम्बरको फोर्स गाडी सन्धिखर्क नगरपालिका -९ अर्घा टारीमा दुर्घटनामा परेको छ । 

आइतबार राति भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २६ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको हाल अर्घाखाँची  जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Read More

सोसियडाडलाई हराउदै बार्सिलोना शिर्ष स्थानमा उक्लियो

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल सोसियडाडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले कमब्याक जित हासिल गर्दै रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जुलेज कुण्डे र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि एक गोल अल्भारो ओड्रीओजोलाले गरेका थिए ।

यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको ७ खेलमा १९ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ७ खेलमा १८ अंक रहेको छ ।

त्यस्तै रियल सोसियडाडको भने यस सिजनमा यो चौथो हार हो । ७ खेलमा ५ अंक रहेको सोसियडाड १७औं स्थानमा झरेको छ ।

Read More

आज विश्व मुटु दिवस मनाइदै

काठमाडौँ । आज विश्व मुटु दिवस मनाइदैछ ।  सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउन सुरु भएको हो ।

विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा ‘डन् मिस अ बिट (एक कदम पनि नछुटाऔं) भन्ने छ । 

मुटुरोगको महामारीबाट जोगीनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने । त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउनुपर्ने हुन्छ ।

मुटुरोगबाट बच्चको लागि अध्याधिक मासु र मादक पदार्थ सेवन गर्न नहुने चिकित्सकहरुको सुझाव छ । जिब्रोका लागिभन्दा जीउ (शरीर)का लागि खाना खान तथा माछा, मासु, मदिरामा भन्दा सागपात, फलफूलमा ध्यान दिएमा मुटुरोगबाट बच्न सकिने विज्ञहरुको भनाई छ ।

खानपानकै कारण मुटुरोग लाग्ने हुदा रोग लाग्न नदिन खानपिनमा सजग भइ नियमित व्यायाम गर्नुपर्ने उनीहरुको सुझाव छ । मुटुरोगको उपचारभन्दा रोग लाग्न नै नदिन विशेष सावधानी अपनाउनु पर्ने विज्ञहरुको सुझाव छ ।

रक्तचाप, मधुमेह, कोलस्टोरलाई नियन्त्रणमा राख्नुपर्ने तथा दिनहुँ व्यायाम गरेमा मुटुरोगबाट बच्न सकिन्छ । मुटुरोग प्राणघातक भए तापनि ८० प्रतिशत हृदयघात रोकथाम गर्न सकिन्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि एक करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ । मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशका विपन्न वर्गका हुने गरेका छन् ।

Read More

वेस्ट इन्डिजविरुद्धको दोस्रो खेल आज, सिरिज जित्ने दाउमा नेपाल

काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीच जारी युनिटी टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । युएईको शारजहा क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

नेपालले यस सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ । नेपालले कुनै पनि टेस्ट खेल्ने देशलाई पराजित गरेको यो पहिलो पटक हो । नेपालले आजको खेल जितेमा सिरिज जित्ने छ । सिरिजको अन्तिम खेल मंगलबार हुदैछ । 

यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिम युएई पुगिसकेको छ । नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् ।

त्यस्तै नेपाल विरुद्धको सिरिजमा खेल्न वेस्ट इन्डिजले अकील होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । वेस्ट इन्डिजको टिममा अकिल हुसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, अकिम अगस्टे, नविन बिदाइसे, जेदिया ब्लेड्स, केसी कार्टी, करीमा गोरे, जेसन होल्डर, अमिर जांगो, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमन्ड्स र शमर स्प्रिंगर रहेका छन् ।

Read More

विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान संविधानले नै दिनुपर्छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने बताएका छन् । 

बडा दसैँको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र आकांक्षाबाट बनेको ऐतिहासिक संविधानमार्फत् मुलुकमा स्थिरता, शान्ति र प्रगति सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा देउवाले भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले हिंसात्मक गतिविधिबाट राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, दलका कार्यालयदेखि सर्वसाधारणको निजी सम्पत्तिसम्म भएको तोडफोड, आगजनी र लुटपाटलाई नेपालको इतिहासकै अल्कपनीय र दुःखद घटना भनेका छन् ।

देउवाको शुभकामना सन्देश:
नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा निहित बन्धुत्व भावले यी विविधता बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधता बीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । हरेक बडा दशैंले समुदाय, संस्था, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ सुदृढ बनाउंदै आएको छ ।

गत भाद्र २३ र २४ गते देशमा जेएनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा कयौं युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएका छन् । नेपाल आमाका ती बीर सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु । प्रदर्शनका क्रममा भएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । भाद्र २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरवार, संसद भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयहरू लगायत अन्य सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूको निजी घर—डेरा र सर्वसाधारण व्यक्तिका निजी सम्पत्तिसँगै नेपालको उन्नति र प्रगतिसँग जोडिएका सबै निजी तथा सार्वजनिक संरचनाहरूको तोडफोड, आगजनी र लुटपाटबाट खर्बैंको क्षति भएको छ । नेपालको इतिहासमा यो अत्यन्त अल्कपनीय र दुःखद घटनाको रूपमा रहेको छ ।

संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ । सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षा बमोजिम नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधि मार्फत् बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताहरूको समाधान, मुलुकमा स्थिरता र प्रगति सुनिश्चित छ । नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ । यो विषम परिस्थितिमा दुर्गा भवानीले हामी सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।

दशैं हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो । अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको छ । सदा झैं यसपटकको बडा दशैंले समुदाय, संस्थाहरू, परिवार र ब्यक्ति—ब्यक्ति बीचको एकतालाई अझ मजबूत बनाउंन हामीलाई प्रेरित गर्न सकोस् ।

बडा दशैं २०८२ को यो पावन अवसरमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्दछु ।

Read More

बडादशैँको सप्तमी: आज शुभसाइतमा फूलपाती भित्र्याइदै

काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । 

नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले फूलपातीको शुभ साइत फूलपाती तलेजुभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा र स्थिरासन विहान ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको छ ।  

केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद्हरु बताउछन् ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ । 

आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।

नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।

बडादशैंको टीकाको शुभ साइत:

बडा दशैँको टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गर्दै टीकाको साइत असोज १६ गते ९ बजेर २३ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १३ गते सोमवार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे तोकिएको छ भने असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि र असोज १५ गते बुधवार महानवमी स्थिरासन बिहान ९: २३ बजे तोकिएको छ ।

Read More

पाकिस्तानलाई हराउदै भारतले जित्यो एशिया कपको उपाधि

काठमाडौँ । भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै कीर्तिमानी नवौं पटक एसिया कपको उपाधि जितेको छ । 

भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । कुलदीप यादवको उत्कृष्ट बलिङले पाकिस्तानको सम्पूर्ण टोली १९.१ ओभरमा १४६ रनमा अलआउट भयो । १४७ रनको लक्ष्य पछ्याउँदै भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर १५० रन बनाएर खेल जित्यो । तिलक वर्माले उत्कृष्ट पारी खेल्दै ५३ बलमा तीन चौका र चार छक्काको मद्दतले अविजित ६९ रन बनाए भने रिंकु सिंहले विजयी चौका प्रहार गरेर जित दिलाएका थिए । भारतका लागि शिभम दुवेले ३३, सन्जु सामसनले २४ र शुभमन गिलले १२ रन बनाएका थिए । 

त्यस्तै पाकिस्तानी बलर फहीम अशरफले ३ तथा शाहिन शाह अफ्रिदी र अब्रार अहमदले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १९.१ ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो । पाकिस्तानका लागि शाहीबजादा फरहानले सर्बाधिक ५७ रन बनाए भने फखर जमानले ४६ र सैम आयुबले १४ रन बनाए । त्यस्तै भारतीय बलर कुलदीप यादवले ४ विकेट लिए भने जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्सर पटेलले २-२ विकेट लिएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच भारतका तिलक बर्मा बने भने एशिया कपको उत्कृष्ट खेलाडी भारतका अभिषेक शर्मा बनेका छन् ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भईरहेको छ ।

सबै प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ सहित भारी वर्षाको पनि सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।

Read More