२०८३ बैशाख १३

काठमाडौँबाट बाहिरिने सवारी साधन एकतर्फी खुला

काठमाडौँ । धादिङ, नुवाकोट, चितवन, र मकवानपुर जाने सवारी साधन एकतर्फी खुला गरिएको छ ।

यसअघि बन्द गरिएका सडक मौसममा सुधार आएपछि एकतर्फी खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

प्रशासनले अहिले विभिन्न ठाउमा पहरो पन्छाएर एकतर्फी रुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्दै सडकमा यात्रुको चापलाई मध्यनजर गरि उक्त सडकमा आवागमन एकतर्फी खुला गरिएको जानकारी दिएको छ ।

Read More

दुई दिनको विपदमा देशभर ४० जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ ।  असोज १८ र १९ गते आएको भिषण बर्षापछि विपद्का घटनामा परेर देशभर कम्तिमा ४० जनाको मृत्यु भएको छ । 

बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परेर दुई दिनमा ४० जनाको मृत्यु भएको छ र ११ जना बेपत्ता रहेका छन् ।  त्यस्तै १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

बाढी पहिरोबाट सबैभन्दा बढी इलाममा मात्रै २८ जनाको मत्यु भएको छ । इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ ।

त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा छ जना, रौतहटमा चट्याङमा परेर तीन जना, उदयपुरमा दुई जना र खोटाङमा एक जनाको मृत्यु भएको छ ।

Read More