२०८३ बैशाख १३

‘टीओबी’ को टिसर्ट लगाएका पेस्तोलसहित देखिएका युवक प्रहरी हिरासतमा

काठमाडौँ । जेनजी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने मध्ये बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो बाहिर आएका युवक  तेन्जेन दावा प्रहरी नियन्त्रणमा रहेका छन् । 

‘पेस्तोल’ देखाउँदै गरेको भिडियो सामाजिक सञ्जाल भाइरल हुन थालेपछि ती युवा आफै प्रहरीको सम्पर्कमा पुगेका हुन् । 

हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले एक युवासँग पेस्तोल लिएको देखिएको छ । 

अहिले दावासँग सोधपुछ भइरहेको प्रहरीले बताएको छ । आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसहरुको भूमिका रहस्यमय रहेको भन्दै अहिले मिडिया र सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

Read More

एमालेको ११औं महाधिवेशन मङ्सिरको अन्तिम साता हुने

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन मङ्सिरको अन्तिम साता हुने भएको छ ।

आज बसेको केन्द्रीय सचिवालयको बैठकले मङ्सिरको अन्तिममा पार्टीको महाधिवेशन हुने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । साथै स्थान र मितिको टुंगो केन्द्रीय कमिटीको बैठकबाट गर्ने ज्ञवालीले जानकारी दिए । एमालेको केन्द्रीय कमिटी बैठक असोज २९, ३० र ३१ गते बस्दैछ ।

त्यस्तै एमालेले प्रतिनिधि सभाको विघटन असंबैधानिक र अलोकतान्त्रिक ठहर गरेको बताउदै ज्ञवालीले असंबैधानिक र  अलोकतान्त्रिक तरिकाले विघटन गरिएको प्रतिनिधि सभालाई पुनर्स्थापना हुनुपर्ने निर्णय गरेको बताए ।

त्यस्तै निर्वाचनको कार्यादेश पाएको सरकार निर्वाचनको बाटोमा होइन निषेध र प्रतिशोधको बाटोमा हिडेको अनुभूत गरेको एमालेको निष्कर्ष रहेको उनले बताएका छन् ।

त्यस्तै एमालेको बैठकले राष्ट्रियता र लोकतन्त्रका पक्षधरलाई एक ठाउमा आउन आव्हान गरेको छ ।

Read More

देशभरका अझै ५ हजार ५४७ कैदीबन्दी फरार

काठमाडौँ । गत भदौ २४ को प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारमा आगजनी र तोडफोड गरी भागेका कैदीबन्दीमध्ये ५ हजार ५४७ कैदीबन्दी अझै फरार रहेका छन् ।

आइतबार कारागार व्यवस्थापन विभाग फरार रहेका कैदीबन्दीहरुको सूचीसमेत सार्वजनिक गर्दै फरार रहेकामध्ये ५४० जना भारतीय नागरिक र अन्य देशका १०८ जना विदेशी नागरिक रहेको जनाएको छ । तीमध्ये ४ हजार ९९७ जना नेपाली नागरिक रहेको विभागले जनाएको छ ।

यस्तै, हालसम्म भदौं २४ गते फरार भएका ९ हजार ८ जना कैदीबन्दी अहिलेसम्म पक्राउ परेको विभागले जनाएको छ ।

विभागले भदौ २४ गते देशभरका २८ कारागार र ९ वटा बाल सुधार गृहबाट कैदीबन्दी भागेका थिए । तीमध्ये भाग्ने क्रममा देशभर १० जनाको मृत्यु भएको थियो । कारागारमा रहेका १२ हजार ५८९ कैदीबन्दी र सुधारगृहबाट ९६४ जना भागेका थिए ।

Read More

बीमा प्राधिकरणले बीमाङ्की विश्लेषकहरूसँग खोल्यो जोखिमको लेखाजोखा

काठमाडौं । नेपाल बीमा प्राधिकरण र एक्चुरियल सोसाइटी अफ नेपालको संयुक्त आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमाङ्की तथा बीमाङ्की विश्लेषकहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास एवम् प्रवद्र्धन तथा बीमा क्षेत्रलाई दिर्घकालिन रूपमा स्थापित गर्नका लागि बीमाङ्कीय ज्ञान तथा बीमाङ्कीय जनशक्तिको भूमिका महत्वपूर्ण रहने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुंगेल अधिकारीले बीमाङ्की विश्लेषक तथा सुपरीवेक्षकहरूसँग गरिएको सर्भेक्षणको नतिजा प्र्रस्तुत गर्दै समग्र बीमा क्षेत्रमा बीमाङ्की विश्लेषकहरूको सहभागिता बढ्दै गएको जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक निर्मला मल्लले जोखिममा आधारित पूँजीको कार्यान्वयन, जोखिममा आधारित पूँजीमा आर्थिक वर्ष २०८१/८२ मा अद्यावधिक भएका व्यवस्था र प्रतिवेदन पेश गर्दा बीमकहरूले ध्यान दिनुपर्ने विषयमा प्रस्तुती गरिन् ।

Read More

राजनीतिक, संघसंस्था र व्यक्तिगत सम्पत्तिसम्म, क्षतिको विवरण बुझाउन जाँचबुझ आयोगको आह्वान

काठमाडौं । भदौ २३ र भदौ २४ को घट्नासम्बन्धी जाँचबुझ आयोगले जेनजी आन्दोलनमा भएको क्षति विवरण बुझाउनको लागि राजनीतिक दल, संघसंस्था र व्यक्तिहरुलाई आह्वान गरेको छ ।

असोज ९ गते नै आयोगले अनुसन्धान गरिरहेको छ । आज आयोगका प्रवक्ता विज्ञानराज शर्माले क्षतिको विवरण र क्षतिको अनुमानित लागत बुझाउन आग्रह गरेका छन् । क्षति भएको सो सम्पत्तिको विाम भएको वा नभएको पनि खुलाउन भनिएको छ ।

Read More

सिके राउतको जनमत औपचारिक रुपमा फुट्यो

काठमाडौं । जनमत पार्टी औपचारिक रुपमा फुटेको छ ।

जनमत पार्टीमा सिके राउतसँग असन्तुष्ट रहेका नेताहरुले  २० प्रतिशत केन्द्रिय समिति सदस्यसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएका हुन् । 

जनमत पार्टीमा उपाध्यक्ष रहेका दिपक शाहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा निवेदन दिइएको छ । नयाँ पार्टीमा जनमत पार्टीका १५ जना कार्यकारिणी समिति सदस्य रहेका छन् ।

जनमतमा रहेका ५२ कार्यकारिणी सदस्य मध्ये १५ जना अलग भएर नयाँ राजनीतिक पार्टी दर्ता प्रक्रिया अगाडि बढाएपछि जनमत औपचारिक रुपमा फुटेको छ ।

Read More

युएईमाथि नेपालको रोमाञ्चक एक रनको जित

काठमाडौँ । नेपालले युएईलाई एक रनले पराजित गरेको छ ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । 

यस अघि टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्समा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १४० रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५१ रन बनाए भने कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेलले २०, गुलशन झाले १४ रन र कुशल मल्लले १० रन बनाएका थिए । त्यस्तै युएईका बलर जुनैद सिद्धिकी, मुहमद रोहिद, जाहिद अली, हैदर अली, हर्षिक कौशिक र ध्रुब पराशरले एक एक विकेट लिएका थिए ।

योसँगै नेपालको सुपर सिक्समा ४ अंक भएको छ । अब नेपालले अर्को खेल सोमबार कतारविरुद्ध खेल्ने छ । 

Read More

त्रिविको जग्गा खोजबिन प्रतिवेदन सार्वजनिक, दुई हजारभन्दा बढी रोपनी अतिक्रमण (प्रतिवेदनको लिंक सहित)  

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ आइतबार सार्वजनिक गरेको छ । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पठाउने निर्णय गरेको थियो ।  त्रिविको सयौं रोपनी जग्गा पहुँचवालले अतिक्रमण गरेको औंल्याइएको प्रतिवेदन २०८१ मंसिर तत्कालिन सरकारले सार्बजनिक गरेको थिएन ।

तत्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । त्यसपछि २०८१ असोज ३१ देखि लागु हुने गरि समितिको म्याद २ महिना थपेको थियो भने बाँकी समयका लागि समितिको सदस्य महेन्द्र कुमार थापालाई संयोजक तोकिएको थियो ।  

छानबिन समितिले करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण गरिएको खुलासा गरेको छ । जग्गा छानबिन तथा खोजबिन समितिले विश्वविद्यालय आसपास करिब एक हजार रोपनी जग्गा हराएको, अन्य ठाउँमा लगभग एक हजार रोपनी जग्गा अतिक्रमणमा परेको र ललितपुरका लुभु तथा पुल्चोकमा करिब ४ सय रोपनी जग्गा वर्षौंदेखि भोगचलनबाहिर रहेको पत्ता लगाएको थियो ।

समितिमा जानकीबल्लभ अधिकारी तथा त्रिविका विज्ञका रूपमा डा. प्रेमसागर चापागाईं सदस्य थिए । त्यस्तै शिक्षा मन्त्रालयकीई उपसचिव सुशीला अधिकारी सदस्य सचिव रहेकी थिइन् ।

छानबिन समितिको प्रतिवेदनको लिंक  

Read More

सर्वोच्चले असोज २८ देखि मुद्दा दर्ता र सुनुवाइ गर्दै, संसद् विघटन र प्रधानमन्त्री कार्कीको नियुक्तिविरुद्ध रिट दर्ता हुने संकेत

काठमाडौं । सर्वोच्च अदालतले आगामी असोज २८ गतेदेखि रिट निवेदन र केही अन्य कानूनी निवेदनको दर्ता र सुनुवाइ सुरु गर्ने भएको छ ।

जेन–जी आन्दोलनका क्रममा आगलागी भएपछि रोकिएको न्यायिक कार्य सर्वोच्चले क्रमशः सुरु गर्न लागेको हो । जेन–जी आन्दोलनपछि सर्वोच्चले अहिले बन्दीप्रत्यक्षीकरणको मुद्दामात्रै हेरिरहेको छ ।

‘मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदन मिति २०८२ असोज २८ गतेदेखि दर्ता र सुनुवाइ हुनेछन्,’– सर्वोच्चका प्रवक्ता एवं सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी सूचनामा भनिएको छ ।

जेन–जी आन्दोलनका क्रममा सर्वोच्चमा आगलागी हुँदा अदालतको भवन, कागजात र अभिलेखमा क्षति पुगेको छ । सर्वोच्चले रिटलगायत अन्य केही मुद्दा दर्ता गर्ने भएपछि संसद् विघटन र प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध रिट पर्ने निश्चितप्रायः छ । नेकपा (एमाले) ले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सबै प्रकारका कानूनी बाटो प्रयोग गर्ने बताइसकेको छ । नेपाली कांग्रेसले पनि संसद् पुनर्स्थापनाको ढोका बन्द नभएको बताएको छ ।

कानून व्यवसायीमार्फत संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च जानेकी एमालेले पार्टीगत रुपमा जाने भनेर हाल छलफल भइरहेको बताइएको छ ।

Read More

नेपालले युएईलाई दियो १४१ रनको लक्ष्य

काठमाडौँ । नेपालले युएई;लाई १४१ रनको लक्ष्य दिएको छ ।

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिताको सुपर सिक्समा टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १४० रन बनाएको हो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ५१ रन बनाए भने कुशल भुर्तेलले २८, कप्तान रोहित पौडेलले २०, गुलशन झाले १४ रन र कुशल मल्लले १० रन बनाएका थिए ।

त्यस्तै युएईका बलर जुनैद सिद्धिकी, मुहमद रोहिद, जाहिद अली, हैदर अली, हर्षिक कौशिक र ध्रुब पराशरले एक एक विकेट लिएका थिए ।

Read More