२०८३ बैशाख १३

प्रदेश संघको युनिट होइन, हस्तक्षेप गर्न पाउदैन- मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश र स्थानीय तहमाथि संघीय सरकारको हस्तक्षेप गर्न नपाउने बताएका छन् । 

आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग सात प्रदेशका मुख्यमन्त्रीहरुको छलफलका क्रममा कँडेलले संघीय सरकारले प्रदेशलाई आफ्नो युनिट जस्तो व्यवहार गरेको भन्दै यसमा आपत्ति रहेको बताएका छन् ।

प्रधानमन्त्री कार्कीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले राखेको धारणा: 
–  हाम्रो संविधान संघीय लोकतान्त्रिक गणतन्त्रामक व्यवस्थामा आधारित छ। संविधान अनुसार तीनै तहका सरकार आफैमा स्वायत्त हुन। संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध भनेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुन्छ । प्रदेश र स्थानीय तह संघीय सरकारको युनिट होइनन । 

–  राजनितिक दलहरूलाई वाईपास गरेर सरकारले न निर्वाचन गर्न सक्छ न शान्ति सुरक्षाको वातावरण मिलाउन ।

–  यो सरकार गठन भइसकेपछि संविधानको मर्म र भावना विपरित प्रदेश र स्थानीय तहलाई आफनो युनिट जस्तो जे जस्तो व्यवहार गरिरहेको छ। त्यसमा हाम्रो आपत्ति छ। त्यसलाई सरकारले सच्चाउनु पर्दछ।

– संविधानले दिएको एकल अधिकार अन्तरगत प्रदेश र स्थानीय तहले कानून बनाउन र त्यसको कार्यान्वयन गर्न पाउँछन। त्यसमा संघीय सरकारले हस्तक्षेप गर्न पाउँदैन।

–  भदौ २३ र २४ गते भएका घटनामा विनापूर्वाग्रह सरकारले छानविन गरि कारवाही गरोस। छानविन समितिका पदाधिकारीबाट घटना अघि व्यक्त भएका विचारहरूले छानविनको निष्पक्षताप्रति अझै शंका छ। राष्ट्रिय सम्पति जलाउने, आगजनी, तोडफोड र विध्वंश मच्चाउनेहरू खुलेआम घुमिरहेका छन। अपराधपुर्ण कामलाई राजनितिकरण नगरि दण्डहिनता अन्त्य गर्न कानुन सक्रिय बनाओस। 

–  नागरिकमा अझै संत्रास छ। प्रहरीको मनोवल गिरेको छ।शान्ति सुरक्षाको वातावरण बनेको छैन। नेपाल सरकारका  मन्त्रीहरू सुरक्षाको वातावरण बनाउने भन्दा भडकाउने अभिव्यक्ति दिइरहेका छन। यसलाई सरकारले रोकोस र शान्ति सुरक्षाको सन्दर्भमा नागरिक प्रतिको आफनो जिम्मेवारी पुरा गरोस।

– खर्च कटौती, सुशासन र मितव्ययीका  नाममा संघीय सरकारले गरेका कतिपय निर्णय हामीले प्रदेशमा अभ्यास गरिसकेका छौ । बरू संघीय सरकारले प्रदेशका असल अभ्यासबाट सिकोस।

– नेकपा एमाले निर्वाचनको विरोधी होइन। निर्वाचन भन्नु र गराउनु फरक कुरा हो। शान्ति सुरक्षाको यस्तै  अवस्थामा फागुन २१ गते निर्वाचन हुनै सक्दैन। संसद विघटन सम्बन्धी विषय न्यायालयले निरूपण गर्न  बाँकी नै छ। सबै दललाई विश्वासमा  लिएर निर्वाचन हुने वातावरण भयो भने, हामी निर्वाचनबाट भाग्ने कुरा हुदैन। सहयोगी भूमिका रहन्छ ।

Read More

नर्सहरुको आन्दोलन जारी रहने

काठमाडौँ । नेपाल नर्सिङ संघ सरकारसँग भएको सहमतिबाट पछि हटेको छ । नर्सिङ संघले आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार जारी राख्दै ४८ घण्टा भित्र माग सम्बोधन नभएमा सरकारी, निजि, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानमा अत्यावश्यक वाहेकका सम्पूर्ण नर्सिङ सेवाहरु निजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा देशव्यापीरुपमा ठप्प पार्ने घोषणा गरेको छ ।

संघले स्वास्थ्य मन्त्रालयले नर्सिङ आन्दोलनको माग सम्बोधन गर्न गठित कार्यदलको निर्णयको बुदा नम्बर १ मा सरकारी सरह न्युनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधाको सुनिश्चितता गर्ने भन्ने सहमति भएता पनि बाँकि बुँदाहरुमा आन्दोलनरत पक्षको आपत्ति रहेको हुनाले आन्दोलन जारी रहने जनाएको छ ।

संघले आन्दोलनमा उत्रिसकेका नर्सहरुलाई कुनै प्रकारको दवाव, प्रभाव, डर, त्रास वा धम्कि नदिन समेत सचेत गराएको छ । त्यसैगरी आन्दोलनका कारण विरामीलाई पर्न जाने प्रत्यक्ष अप्रत्यक्ष असर र अन्य असुविधा प्रति क्षमायाचना गर्दै यसवाट उत्पन्न हुने विषम परिस्थितिको जिम्मेवारी नेपाल सरकार र सम्वन्धित स्वास्थ्य संस्थाले नै व्यहोर्नु पर्ने उल्लेख गरेको छ ।

Read More

दैनिक एक हजार मात्र राहदानी वितरण गरिने

काठमाडौँ । राहदानी विभागले दैनिक एक हजार राहदानी वितरण गर्ने जानकारी दिएको छ । विभागले आजदेखि साँझ ५ बजे दैनिक सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक एक हजारलाई अपोइन्टमेन्ट स्लटहरू खोल्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । 

विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग २०८२ साउन महिनामा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौता अनुसार आगामी २०८२ फागुन ११ बाट राहदानी सेवा शुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माण सम्बन्धी कार्य भइरहेको जानकारी दिएको छ ।

त्यस्तै नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने ह्याण्डओभर-टेकओभरको अवस्थामा उत्पन्न हुने सङ्क्रमणकालीन अवस्था तथा राहदानी पुस्तिकाको सीमित सङ्ख्या र सेवाग्राहीको उच्च माग लगायतका कारणले राहदानी वितरणमा केही समस्या हुन गएको विभागले जानकारी दिएको छ । साथै उक्त अवधिसम्म राहदानीको अभाव नहुने व्यवस्था गर्न आवश्यक पहल भइरहेको जनाएको छ । साथै विभागले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्नु भै सहयोग गर्न अनुरोध गरेको छ ।

त्यसैगरी विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन र राहदानीसम्बन्धी कुनै जिज्ञासा, समस्या वा गुनासो भएमा विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Read More

रुसको आणविक पनडुब्बी खाबारोभस्क प्रक्षेपण

काठमाडौँ । रूसले आफ्नो नयाँ आणविक पनडुब्बी, खाबारोभस्क प्रक्षेपण गरेको छ । पनडुब्बी पोसेडन आणविक ड्रोनले सुसज्जित छ, जसलाई धेरै विज्ञहरूले ‘डुम्सडे मिसाइल’ भनेका छन्, जुन पानीमुनिबाट ठूलो विनाश गर्न सक्षम हतियार हो ।

खबारोभस्कको बारेमा, रूसी रक्षामन्त्रीले यो रूसको लागि महत्त्वपूर्ण दिन भएको बताए र यो नयाँ पनडुब्बीले देशको समुद्री सुरक्षा र विश्वव्यापी शक्तिलाई अझ बढाउने विश्वास व्यक्त गरे ।

रूसी समाचार एजेन्सी तासका अनुसार, पनडुब्बी पानीमुनि रोबोटिक हतियार र आधुनिक टार्पेडो प्रणालीले सुसज्जित छ । यो रूसको रुबिन डिजाइन ब्यूरो द्वारा विकसित गरिएको थियो ।

खबारोभस्कको पहिलो पटक २०१५ मा उल्लेख गरिएको थियो, जब यो उपग्रह छविहरूमा देखियो । विगत १० वर्षदेखि, यो सेभमाश शिपयार्डमा गोप्य परियोजनाको रूपमा निर्माणाधीन थियो । यो अहिले मात्र सार्वजनिक रूपमा अनावरण गरिएको छ ।

रूसले विगत १० दिनमा तीन प्रमुख हतियार प्रक्षेपण गरेको छ । चार दिन अघि, रूसले नयाँ आणविक हतियार, पोसेडन टार्पेडोको सफलतापूर्वक परीक्षण गरेको थियो ।

यसअघि, अक्टोबर २१ मा, रूसले विश्वको पहिलो आणविक शक्तिबाट चल्ने क्रूज मिसाइल, बुरेभेस्टनिक-९एम७३९ को सफलतापूर्वक परीक्षण गरेको थियो। त्यसपछि यो मिसाइलको असीमित दायरा भएको दाबी गरिएको थियो ।

Read More

सिरियाका अन्तरिम राष्ट्रपति अलशारालाई ह्वाइटहाउसमा स्वागत गर्ने तयारीमा ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना सिरियाका अन्तरिम राष्ट्रपति अहमद अल-शारालाई ह्वाइटहाउसमा स्वागत गर्नेछन् ।

यो ८० वर्षमा सिरियाली राष्ट्रपतिको पहिलो आधिकारिक अमेरिका भ्रमण हुनेछ । सिरियाली विदेशमन्त्री असद अल-शाबानीले आइतबार बहराइनमा यो भ्रमणले दमास्कस र वाशिंगटन बीचको सम्बन्धमा ‘नयाँ अध्याय’ खोल् बताएका छन् ।

उनले भनेका छन्- ‘राष्ट्रपति अहमद अल-शारा नोभेम्बरको सुरुमा ह्वाइट हाउसमा हुनेछन् । यो एक ऐतिहासिक भ्रमण हो, किनकि यो ८० वर्षमा पहिलो पटक सिरियाली राष्ट्रपतिले ह्वाइट हाउसको भ्रमण गर्नेछन् ‘ उनले वार्ताको एजेन्डामा प्रतिबन्ध हटाउने र नयाँ अमेरिका-सिरियाली सम्बन्ध सुरु गर्ने जस्ता मुद्दाहरू रहेको बताएका छन् ।

त्यस्तै अल-शाराले आफ्नो भ्रमणको क्रममा आइएसआइएसविरुद्धको अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल हुन सम्झौतामा हस्ताक्षर गर्न सक्ने बताइएको छ ।

अल-शाराले डिसेम्बरमा बसर अल-असदको शासनको पतन पछि सत्ता सम्हालेका थिए र त्यसबेलादेखि असदको शासनकालमा सिरियाबाट टाढा रहेका देशहरूसँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । उनले गत मे महिनामा साउदी अरेबियामा ट्रम्पलाई भेटेका थिए । यो २५ वर्षमा दुई देशका नेताहरू बीचको पहिलो भेट थियो । ट्रम्पको जीसीसी देशका नेताहरूसँगको वार्ताको क्रममा भेट भएको थियो र सिरियाको लागि नयाँ युगको सुरुवात मानिएको थियो ।

सेप्टेम्बरमा, अल-शाराले न्यूयोर्कमा संयुक्त राष्ट्र संघको महासभालाई पनि सम्बोधन गरेका थिए, जसले विश्वव्यापी कूटनीतिक सर्कलमा फर्कने सिरियाको प्रयासलाई संकेत गरेको थियो । अल-शाराले एक पटक अल-कायदाको सिरियाली गुटको नेतृत्व गरेका थिए, तर उनी लगभग एक दशक अघि नेटवर्कबाट अलग भए र पछि आइएसआइएसमा सामेल भए। अमेरिकाले एक पटक उनको टाउकोमा १० मिलियन डलरको इनाम राखेको थियो, र इराक युद्धको समयमा अमेरिकी सेनाले उनलाई हिरासतमा पनि लिएको थियो ।

यो भ्रमण यस्तो समयमा भएको हो जब राष्ट्रपति ट्रम्पले पश्चिम एसियाली देशहरूलाई दिगो शान्तिको लागि काम गर्न आग्रह गरिरहेका छन् । इजरायल र हमास बीच हालै भएको युद्धविराम र कैदी आदानप्रदान पछि यी प्रयासहरू तीव्र भएका छन् । यसैबीच, सिरिया र इजरायल पनि हाल सिरियाली भूमिमा इजरायली हवाई आक्रमण रोक्ने र दक्षिणी सिरियाबाट इजरायली सेना फिर्ता गर्ने सम्झौतामा पुग्न वार्तामा छन् ।

Read More

बोर्नमाउथमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा इर्लिंग हलाण्डले २ गोल गरेका थिए भने निको ओ रेइलीले एक गोल गरेका थिए । त्यस्तै बोर्नमाउथका लागि टेलर एडम्सले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी १० खेलमा १९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै बोर्नमाउथको १० खेलमा १८ अंक रहेको छ र लिगमा चौथो स्थानमा झरेको छ ।

Read More

एल्चेमाथि बार्सिलोनाको सहज जित, लिगमा दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एल्चेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लामिन यमल, फेरान टोरेज र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि राफा मिरले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ११ खेलमा २५ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै एल्चेको ११ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ ।

Read More

विश्वकप लिग-२: आज अमेरिका र युएई खेल्दै

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पाँचौं खेलमा आज युएई र अमेरिका खेल्दैछन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि शुरु हुदैछ ।

यस सिरिजमा अमेरिकाले लगातार तीन खेल जितेको छ भने युएईले एक खेल जितेको छ । अमेरिकाले नेपालविरुद्धका दुवै खेल र युएईविरुद्धको एक खेल जितेको छ भने युएईले नेपालविरुद्धको एक खेल जितेको छ ।

हाल विश्वकप लिग-२ मा अमेरिका २३ खेलमा ३४ अंकसहित शिर्ष स्थानमा छ भने युएई १८ खेलमा ८ अंकसहित पुछारमा रहेको छ । त्यस्तै नेपाल भने १९ खेलमा १२ अंकसहित सातौं स्थानमा छ ।

अमेरिका र युएईबीच अहिलेसम्म १० एकदिवसीय खेल भएका छन् । जसमा अमेरिकाले ८ खेल जितेको छ भने युएईले २ खेल जितेको छ ।

अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग हुने यस त्रिकोणात्मक सिरिजमा अर्को खेल नोभेम्बर ६ बुधबार नेपाल र युएई खेल्ने तालिका रहेको छ । 

Read More

भारतले जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

काठमाडौँ । भारतले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले विश्वकपको उपाधि जितेको हो ।

भारतले दिएको २९९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले ४५.३ ओभरमा अल आउट हुदै २४६ रन बनाए को थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ७ विकेट गुमाउदै २९८ रन बनायो थियो ।

यो जितसँगै भारतले पहिलो पटक महिला क्रिकेट एकदिवसीय विश्वकप जितेको हो । त्यस्तै पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका उपविजेतामा चित्त बुझाएको छ ।

फाइनल खेलमा ८७ रन बनाएकी र २ विकेट लिएकी भारतकी शफाली बर्मा प्लेयर अफ द म्याच बनेकी छन् भने विश्वकपमा सर्बाधिक २२ विकेट लिएकी र २१५ रन बनाएकी भारतकी दिप्ती शर्मा विश्वकपकै उत्कृष्ट खेलाडी बने छन् । 

विश्वकपको उपाधि सबैभन्दा बढी पटक अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले कुल ७ पटक यो उपाधि जितेको छ । त्यस्तै इङल्याण्डले चार पटक विश्वकप जितेको छ भने भारतसँगै न्यूजील्याण्डले एक एक पटक यो उपाधि जितेका छन् ।

Read More

राष्ट्रपति पौडेल आज कतार भ्रमणमा जादै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार भ्रमणमा जादैछन् । 

परराष्ट्र मन्त्रालयका अनुसार कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल आज त्यसतर्फ जान लागेका हुन् ।  

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी श्रीमती सबिता पौडेल, राष्ट्रपतिका सञ्चार विज्ञ किरण कुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहनेछन् ।

राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने तालिका रहेको छ । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको यो सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । संयुक्त राष्ट्रसङ्घको १९५५ मा सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रहेको छ ।

कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ । 

Read More