२०८३ बैशाख १३

गृह संवेदनशील मन्त्रालय हो, हरेक कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफू नेतृत्वको गृह मन्त्रालय संवेदनशील मन्त्रालय भएकाले कतिपय विषयमा भइरहेका र हुने कामबारे बोल्न नमिल्ने बताएका छन् ।

समाजिक सञ्जाल फेसबुकमार्फत संवेदनशीलताकै कारण कतिपय विषयमा के गर्दैछौँ र, के गर्‍यौँसमेत भन्न नमिल्ने अवस्था हुने गरेको जनाउँदै लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो, कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्‍यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।’

आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक आफूसँग अरू विकल्प नरहेको बताउँदै उनले भनेका छन्, ‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ। पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्‍याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।’

पछिल्लो केही समयदेखि हामी नेपालका संयोजक सुदन गुरुङसहित जेनजीको एक समूहले गृहमन्त्रीको काममा अुसन्तुष्टि जनाउँदै राजीनामा माग गरिरहेका छन्।

Read More

शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाडौँ । क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएसँगै सन्यास लिएको बताएका छन् ।

भेषावकरको कप्तानीमा नेपालले हङकङ सिक्सेस खेलेको हो । उनले यस प्रतियोगिताअघि नै प्रतियोगिता खेलेपछि सन्यास लिने बताएका थिए ।

३७ बर्षिय भेषावकरले नेपालका लागि ४ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् र उनले कुल ६६ रन बनाएका छन् । त्यस्तै उनले २० टी- २० खेल खेलेका छन्, जसमा ३२५ रन बनाएका छन् । उनले नेपालको राष्ट्रिय टिमबाट अन्तिम पटक २०२२ मा आयरल्याण्डविरुद्ध टी-२० खेल खेलेका थिए ।

उनले नेपालका लागि पहिलो खेल भने २००४ मा युएईविरुद्ध फर्स्ट क्लास खेलमा डेभ्यु गरेका थिए ।     

Read More

रास्वपा विस्तारित बैठकमा तोसिमाले पेश गरेको ‘रिफर्मेसन मार्गचित्र’ मा के छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले केन्द्रीय समितिको विस्तारित बैठकमा पेश गरेको पार्टी रिफर्मेसन मार्गचित्र सार्बजनिक गरेकी छन् ।

तोसिमाले शुक्रबार र शनिबार चितवनमा सम्पन्न भएको विस्तारिक बैठकमा पार्टी रिफर्मेसनको मार्गचित्र प्रस्तुत गरेकी थिइन् । तर बैठकले उनको प्रस्तावलाई ‘महत्व’ भने दिएन ।

पार्टीले उनको प्रस्ताव विपरित निर्णय गरेपछि उनले आफुले प्रस्तुत गरेको प्रस्ताव सामाजिक सञ्जाल मार्फत सार्बजनिक गरेकी हुन् ।

तोसिमाको प्रस्ताव: 
मिति २०८२।०६।०२ मा मैले पार्टीको केन्द्रीय कार्यालयमा एउटा पत्र दर्ता गराई पार्टी रिफर्मेसनका लागि औपचारिक तवरले नै माग अगाडि सारेको सर्वविदितै छ । वर्तमान संवेदनशील परिस्थितिमा नेपाली जनताले आशा र भरोसापूर्वक हाम्रो पार्टीलाई हेरिरहेका हुनाले अग्रगामी निकासका लागि आफ्नो धारणा निम्नानुसार बुँदागत रूपमा पेश गरिएको थियो: 

१- सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा उभिएको जेनजी क्रान्तिमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७६ जनाको ज्यान लिईएको, २३०० बढी घाइते भएको र देशभरि विभिन्न तत्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारणले देशले भोग्नु परेको अकल्पनीय क्षतिका कारणले नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको छ । यस्तो अवस्थामा देशका कुनै पनि जिम्मेवार सामाजिक र राजनैतिक संरचनाहरु यथास्थितिवादमा रुमलिरहनुहुँदैन सबैले आफ्नो कार्यशैली, संरचना र विचारमा समिक्षा र पुनरावलोकन सहित स्पष्ट सुधार गर्न आवश्यक छ।हामीले जेनजी लगायत सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ ।

२- जेनजीको आह्वानमा भएको आन्दोलनपछिको अवस्थामा समग्रमा नेपाल राष्ट्र पहिलेजस्तै अवस्थामा रहन सक्दैन र रहनु पनि हुँदैन किनभने सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन उक्त आन्दोलनले माग गरेको छ । यस क्रममा राजनीतिक पार्टीहरूले समेत पुरानो अवस्थालाई चिरेर महत्वपूर्ण सुधारात्मक परिवर्तन गर्ने सोचलाई आत्मसात् गर्नै पर्दछ ।

३- देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि रूपान्तरण आवश्यक हुन्छ । पार्टीको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनःमूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यमार्गी राजनैतिक शक्ति निर्माणको लागि अहिले नै उपयुक्त समय हो ।

४- उपरोक्त पृष्ठभूमिमा पार्टीको अर्थपूर्ण रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गरियोस् भनी माग गर्दछु । साथै, यसै क्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरूसँग समेत वार्ता गरी जेनजी आन्दोलनको  आकांक्षा बमोजिमको परिवर्तन संस्थागत गर्न सक्ने मध्यमार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुन पनि हार्दिक अनुरोध गर्दछु ।

पार्टीलाई वैकल्पिक होइन, मूलधारको शक्ति बनाउने उद्देश्यले उक्त पत्र मार्फत आवाज उठाइएको हो भन्ने तथ्य पार्टीका आम सदस्यहरूले बुझ्नुभएको छ । रिफर्मेसनको एजेण्डा बारे केन्द्रीय समिति र सचिवालयमा समेत छलफल भई पार्टीको विस्तारित बैठक बोलाउनुपर्ने आवश्यकता बोध गरिएअनुसार विस्तारित बैठक आयोजना हुन लागेको छ । यस बिचमा पार्टीको सचिवालय विस्तार गर्ने र सचिवालयमा मलाई पनि समावेश गर्ने प्रस्ताव आउँदा मैले मिति २०८२।०६।३१ मा लिखित असहमति पेश गरेको तथ्य पनि यहाँ स्मरण गराउन चाहन्छु । पार्टीमा पदको बाँडफाँडको नभई सिद्धान्त, नीति, कार्यक्रम, एजेण्डा आदिको विचार विमर्शलाई प्राथमिकता दिनुपर्छ भन्ने भावनाले सो पत्र पेश गरिएको थियो । यदि मैले उठाएको आवाज केवल आफूले कुनै पद पाउनुपर्ने भन्ने भएको भए सचिवालय विस्तारमा आफू पर्ने भएपछि त्यसलाई स्वीकार गरेर म चुपचाप रहने थिएँ होला, तर मैले त पदको लागि नभई “सबै अट्ने सबै खट्ने” अग्रगामी पार्टी बनाउन रिफर्मेसनको एजेण्डा उठाएको हो । रास्वपाको रिफर्म अब केवल संगठनात्मक सुधारमा सीमित हुँदैन र हुनु पनि हुँदैन । यो एक सैद्धान्तिक, वैचारिक र व्यावहारिक परिवर्तनको पूर्ण रूप हो । यसले पार्टीलाई वैकल्पिक आवाजबाट देशको मुख्यधार राजनीतिक शक्ति मा परिणत गर्न मद्दत पुर्याउनेछ । अब हाम्रो दिशा देशको मूलधारको राजनीति शक्ति भएर स्थापित हुने हो । 

मार्गचित्र 
रिफर्मेसनका लागि निम्नानुसारको मार्गचित्र पेश गरिएको छ :- 

१- महाअधिवेशन भनेको पार्टीको अक्सिजन हो। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन २०८२ मंसिरमै गर्नु पर्दछ । महाधिवेशनले पार्टीमा व्यापक सहभागिता, पार्टीको संगठन विस्तार, वैचारिक स्पष्टता एवं नयाँ उर्जा थप्ने हुनाले आगामी चुनावमा पार्टीको विजयका लागि ढोका खोल्दछ । 

२- म स्मरण गराउन चाहन्छु, १ वर्ष अघि भएको राष्ट्रीय भेलाबाट पार्टी सभापति मार्फत अहिलेको विध्यमान केन्द्रीय समितिलाई महाअधिवेशन आयोजक समितीको रुपमा घोषणा भएको थियो।महाअधिवेशन आयोजक समिती घोषणा पछि पनि केन्द्रीय सचिवालय र पदाधिकरी रहिरहनु र सचिवालय विस्तार समेत गरीनुको आधार स्पष्ट नभएको मेरो बुझाई छ। महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न पार्टीको मौजुदा कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ । महाधिवेशन आयोजक समितिमा जेनजी, विभिन्न वैकल्पिक शक्तिहरू एवं बौद्धिक वर्गलाई पनि समावेश गर्नु पर्दछ । पार्टीको हालको कार्यकारी नेतरत्व समूह/ सचिवालय समावेशी हुन नसकेको भनी जुन आलोचना भइरहेको छ, त्यसबाट पाठ सिकी महाधिवेशन आयोजक समिति र महाधिवेशनबाट गठन हुने केन्द्रीय समिति, सचिवालय तथा पदाधिकारीको संरचना नेपालको विविधतालाई वास्तविक प्रनिधित्व गर्ने गरी समावेशी बनाउनु पर्दछ । 

३- विचार मिल्नसक्ने विभिन्न राजनीतिक पार्टीहरूसँग घण्टी चुनाव चिह्न साझा रहने गरी एकता गर्नु पर्दछ । यस क्रममा रास्वपाले उच्चतम उदार चरित्र देखाउदै ठूला वा साना, दुवै खालका पार्टीहरूलाई एकता प्रक्रियामा स्वागत गर्नु पर्दछ ।

४- वैचारिक र सैद्धान्तिक रिफर्म

रास्वपाले अब राष्ट्र निर्माणको वैचारिक नेतृत्व गर्नुपर्छ । नेपालको हालसम्मको राजनीतिक परिदृश्यमा वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरण नै प्रबल रहेको देखिन्छ । तीमध्ये पनि कम्युनिज्म, समाजवाद, सोसल डेमोक्रेसी आदिको नारा  भजाई गैरचरित्रबाट देशलाई ब्रम्हलुट भईरहेको यथार्थ रहेको सन्दर्भमा देशको आर्थिक समुन्नति, स्वास्थ्य,शिक्षा,रोजगारी तथा प्राविधिक क्रान्ति साथै सांस्कृतिक स्वाभिमानको एजेण्डा स्थापित हुन सकेको छैन । देशलाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणमा फस्न नदिई लोककल्याणकारी राज्यको अवधारणा स्थापित गर्नका लागि रास्वपाले आफूलाई स्पष्टसँग मध्यमार्गी राजनीतिक पार्टीका रूपमा नयाँ धुर्विकरणको नेतृत्वको लागी अघि बढ्नु पर्दछ । 

देशभरीबाट रास्वपाका विभिन्न तह र तप्काबाट सहभागि हुनुभएको पूर्व मेची देखि पश्चिम महाकाली सम्मबाट र देशको दुर्गम अति दुर्गम भुगोल देखि समय, अर्थ र आशाको लगानी गर्न उपस्थित हुनुभएको यो विस्तारित बैठक केवल राय सुझाब सल्लाह लिनेमा मात्र सिमित गराई कर्मकाण्डी जस्तो नबनाई सङगठानका जिम्मेवार साथिहरुको अर्थपूर्ण सहभागिता साथै निर्णयमाथीको अधिकार सुनिश्चित गर्दै यो बैठकले स्पष्ट रुपमा वैचारीक र साङ्गठनिक रिफर्मेसनको मोडालिटी तय गर्न सक्नुपर्छ भन्ने मेरो ठम्याई हो। 

पार्टीका सङ्गठनका जिम्मेवार साथीहरुबाट विभिम्न समयमा आएको राय,सुझाबलाई समेत समेटेर तयार गरिएको यस मार्गचित्रको कार्यान्वयनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई वैचारिक, संगठनात्मक र नीतिगत दृष्टिले सुदृढ र नागरिक केन्द्रित दलमा स्थापित गर्दै आजको समय पिस्थितिले खोजिरहेको थप अब्बल, सबल, सुसंस्कृत, समावेशी, जिम्मेवार र जनउत्तरदयी राजनैतिक शक्तिको रुपमा रुपान्तरण गर्नेछ भन्ने विश्वास सहित यो प्रस्ताव यस विस्तारित बैठकमा पेश गर्दछु ।

Read More

अफगानिस्तान र पाकिस्तानबीच टर्कीमा भएको वार्ता असफल

काठमाडौँ । अफगानिस्तान र पाकिस्तानबीच टर्कीमा भएको वार्ता असफल भएको छ ।

तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ र इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमा सार्ने प्रयास गरेको बताएको छ ।

अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूको सबै प्रयासका बाबजुद पनि पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै निष्कर्षमा पुग्न सकेन ।’

जबिहुल्लाह मुजाहिदले भनेका छन्- ‘कसैलाई पनि अफगानिस्तानको भूमि कुनै पनि अन्य देशको विरुद्ध प्रयोग गर्न दिइने छैन, न त कुनै पनि देशलाई आफ्नो क्षेत्रबाट अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र सुरक्षा विरुद्ध कार्यहरू गर्न वा समर्थन गर्न दिइनेछ ।’

उनले वार्ताको क्रममा पाकिस्तानी पक्षले आफ्नो देशको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगान सरकारमा सार्ने प्रयास गरेको छ, जबकि अफगानिस्तानको सुरक्षा वा शान्तिको लागि कुनै पनि जिम्मेवारी स्वीकार गर्न इच्छुक छैन ।

मुजाहिदले भने- ‘पाकिस्तानका जनता अफगान जनताका दाजुभाइ हुन्। अफगानिस्तानले उनीहरूको कल्याण र शान्तिको लागि प्रार्थना गर्दछ र आफ्नो क्षमता र जिम्मेवारीले भ्याएसम्म उनीहरूसँग सहयोग गरिरहनेछ ।’

उनले अफगान जनताको सुरक्षा गर्नु अफगान तालिबानको कानुनी र राष्ट्रिय जिम्मेवारी भएको भन्दै कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ सामना गरिने बताएका छन् ।

Read More

फेरी सर्यो रास्वपाको महाधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको मिति फेरी सारेको छ । शुक्रबार र शनिबार चितवनमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले प्रतिनिधिसभा निर्वाचन भएको ६ महिनापछि मात्रै महाधिवेशन गर्ने निर्णय गरेको हो। 

पार्टीको केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलाले तोकेको महाधिवेशन मिति पुन : फागुन ७, ८ र ९ गतेका लागि तोकिएको तोकिएको थियो । त्यसअघि रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन गत वैशाखमा गर्ने भनिएको थियो ।  

केन्द्रीय समितिको विस्तारित बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ: 
अप्रत्याशीत राजनीतिक परिस्थितिका कारण फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्वघोषित मिति (फागुन ७–९) मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गर्दछ । चुनावी अभियानसँगै तल्ला समितिहरूको अधिवेशनलाई निरन्तरता दिन प्रतिबद्ध छौं ।

त्यस्तै, विस्तारित बैठकले सभापति रवि लामिछानेको विकल्पमा अहिले नयाँ नेतृत्व अघि नसार्ने निष्कर्ष पनि निकालेको छ । रास्वपाले कुलमान घिसिङ लगायतलाई पार्टीमा भित्राएर नयाँ किसिमले अगाडी बढ्नुपर्ने माग उठिरहेका बेला रास्वपाले आधिकारिक रुपमा निर्णय गरेर यस विषयलाई पूर्ण विराम लगाएको छ ।

विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले फरक मत पेश गरेका थिए । 

रास्वपाको विस्तारित बैठकले देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेको भन्दै समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह गरेको छ । 

Read More

विश्वकप जितेपछि भारतीय महिला क्रिकेटरको ब्रान्ड मुल्य दोब्बर

काठमाडौँ । आइसीसी विश्वकप जितेपछि भारतको महिला क्रिकेट टिमका खेलाडीहरूको ब्रान्ड मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार, स्मृति मन्धना, शफाली वर्मा र जेमिमा रोड्रिग्स जस्ता शीर्ष प्रदर्शनकर्ता खेलाडीको एक करोड भन्दा बढी व्यक्तिगत ब्राण्ड मूल्य बनेको बताइएको छ ।

धेरै ब्रान्डहरूले उनीहरूलाई आफ्नो अभियानको अनुहार बनाउन खोजिरहेका छन् । यसमा कार कम्पनीहरूदेखि बैंकहरू, एफएमसीजी, एथलेजर, जीवनशैली, सौन्दर्य, व्यक्तिगत हेरचाह र शिक्षा सम्मका कम्पनीहरू समावेश छन् । शीर्ष महिला क्रिकेटरहरू अब पहिले पुरुष क्रिकेटरको दबदबा रहेको ब्राण्ड प्रमोशन बजारमा प्रवेश गर्न शुरु गरेका छन् ।

एक क्रिकेटर केवल मैदानमा रन बनाउने खेलाडी मात्र होइन, तर ‘ब्रान्ड’ हो – कम्पनीको लोगो जस्तै । ब्रान्ड मूल्य बढाउनुको अर्थ उनको नाम, छवि र फ्यान फलोइङको ‘बजार मूल्य’ बढेको छ । यसको अर्थ कम्पनीहरू आफ्ना उत्पादनहरूको प्रचार गर्न उनलाई बढी तिर्न इच्छुक छन् । यो मूल्य रुपैयाँमा मापन गरिन्छ र सिधै समर्थन सम्झौताहरूसँग जोडिएको छ ।

जेमिमाह रोड्रीगेज जस्ता खेलाडीहरूको व्यवस्थापन गर्ने फर्म, जेएसडब्ल्यू स्पोर्ट्सका प्रमुख वाणिज्य अधिकारी करण यादवले भने- ‘शीर्ष-स्तरीय खेलाडीहरूको समर्थन मूल्य २ देखि ३ गुणाले बढेको छ ।’ यादवले सामाजिक सञ्जालमा संलग्नताको विस्फोट यी खेलाडीहरूको फ्यानहरूसँगको बढ्दो सम्बन्धमा स्पष्ट रूपमा देखिन्छ । यसले उनीहरूको ब्रान्ड मूल्य बढाउन पनि मद्दत गरेको छ । उदाहरणका लागि, जेमिमाहका सामाजिक सञ्जालमा भएर ३३ लाख पुगेका छन् र शफाली बर्माका फलोआर ५० प्रतिशत भन्दा बढीले बढेको छ ।

यस महिनाको नोभेम्बर २ मा, भारतीय महिला क्रिकेट टिमले ४७ वर्षको लामो पर्खाइपछि दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै पहिलो पटक एकदिवसीय विश्वकप जितेको थियो । 

ऋचा घोष र राधा यादवलाई सम्हाल्ने फर्म बेसलाइन बेन्चर्सका सह-संस्थापक तुहिन मिश्राले भने- ‘यो जितले खेलाडीहरूलाई ‘प्रतिज्ञाजनक’ बाट ‘मुख्यधारा’ मा परिणत गरेको छ। यदि यो प्रवृत्ति जारी रह्यो भने, महिला क्रिकेटरहरूले आगामी केही वर्षहरूमा कुल क्रिकेट समर्थन मूल्यको २०-२५ प्रतिशत कब्जा गर्न सक्छन् ।’

हालै, टाटा मोटर्सका एमडी र सीईओ शैलेश चन्द्रले महिला टिमको दृढ संकल्पबाट प्रेरित भएर, सबै खेलाडीहरूलाई शीर्ष-अफ-द-लाइन टाटा सिएरा उपहार दिने घोषणा गरेका छन् । यो पनि एक ब्रान्डिङ रणनीति हो । सामाजिक सञ्जाल मेट्रिक्सको विस्फोटले ब्रान्डहरूलाई अद्वितीय कथा सुनाउने अवसरहरू प्रदान गरिरहेको छ र यसको फाइदा महिला क्रिकेट खेलाडीलाई भएको छ ।

Read More

के हुन् एआई डेथबट ? के साँच्चै मृतकहरूसँग कुराकानी गर्न सकिन्छ ?

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता (एआई) अब मृतकहरूको आवाज, शब्द र सम्झनाहरूलाई पुनर्जीवित गर्न सक्ने बिन्दुमा पुगेको छ । हो, तपाईंले सही सुन्नुभयो ! केही कम्पनीहरूले एआई च्याटबटहरू विकास गरिरहेका छन् जसले मानिसहरूलाई आफ्ना मृतक प्रियजनहरूको डिजिटल संस्करणहरू सिर्जना गर्न र उनीहरू जीवित भए जस्तै अनुभव गर्न अनुमति दिन्छ । यो प्रविधिलाई अब ‘डिजिटल आफ्टरलाइफ’ वा ‘डेथबट’ भनिन्छ ।

डेथबटहरू एआई प्रणालीहरू हुन् जसले व्यक्तिको बोली, आवाज र व्यक्तित्व पुन: सिर्जना गर्न सक्छ । तिनीहरूले व्यक्तिको आवाज रेकर्डिङहरू, टेक्स्ट सन्देशहरू, इमेलहरू र सामाजिक सञ्जाल पोस्टहरूबाट डेटा प्रयोग गरेर मृत्यु पछि पनि बोल्न सक्ने डिजिटल अवतार सिर्जना गर्छन् । पहिले, त्यस्ता विचारहरू केवल काल्पनिक जस्तो लाग्थ्यो, तर अब एआईले तिनीहरूलाई वास्तविकता बनाउन थालेको छ ।

डेथबटहरूको अनुभव रोचक छ, तर अलि डरलाग्दो पनि छ । वैज्ञानिकहरूले गरेका प्रयोगहरूको नतिजा मिश्रित पाइएको छ । केही प्रणालीहरूले बाल्यकालका कथाहरू, पारिवारिक कुराकानीहरू वा सल्लाह जस्ता सम्झनाहरू मात्र भण्डारण गर्छन् । एआईले यी डेटालाई व्यवस्थित गर्छ र एक प्रकारको डिजिटल डायरी वा अभिलेख सिर्जना गर्छ, जुन तपाईंले पछि हेर्न वा सुन्न सक्नुहुन्छ । तर केही प्रणालीहरूले यसभन्दा बाहिर पुगेका छन् र मृतक व्यक्तिको डेटाबाट च्याटबटहरू सिर्जना गर्छन्, तपाईंसँग उस्तै स्वर र आवाजमा कुरा गर्छन् । यी च्याटबटहरू समयसँगै स्मार्ट हुन्छन् किनभने तिनीहरूले मेसिन लर्निङ प्रयोग गर्छन् ।

पहिलो पटक कुरा गर्दा, अनुभव भावनात्मक र अनौठो हुन सक्छ । कहिलेकाहीँ एआईले सही शब्दहरू बोल्छ, तर कहिलेकाहीँ यसको प्रतिक्रियाहरू नक्कली वा रोबोटिक सुनिन्छन् । उदाहरणका लागि, एउटा प्रयोगमा, जब एक व्यक्तिले ‘मलाई तिमी धेरै याद आउँछ’ भन्यो, एआईले जवाफ दियो, ‘म यहाँ छु, तिमीलाई सहयोग गर्न सधैं तयार छु । आज मुस्कानबाट सुरु गरौं ।’ यो प्रतिक्रिया राम्रो सुनिन्छ, तर यसमा मानिसमा हुने वास्तविक भावनाको अभाव देखिन्छ । कहिलेकाहीँ, एआईले मृत्युमा हाँस्ने इमोजी पनि पठाएको र यसले गर्दा परिस्थिति असहज बनेको पनि प्रतिक्रिया आएको छ ।

यो प्रविधि अब ठूलो व्यवसाय बनेको छ । धेरै स्टार्टअपहरूले ‘डिजिटल आफ्टरलाइफ सेवा’ को नाममा मानिसहरूबाट पैसा लिइरहेका छन् । तिनीहरू दाबी गर्छन्, यो ‘प्रविधि हो जसले तपाईंलाई आफ्नो कथा सधैंभरि सुरक्षित राख्न अनुमति दिन्छ’, तर वास्तविकतामा, तिनीहरू केवल तपाईंको डेटा सङ्कलन गर्दैछन् र मुद्रीकरण गरिरहेका छन् । विज्ञहरूले यी कम्पनीहरूले नयाँ ‘मृत्यु अर्थतन्त्र’ सिर्जना गरेको आरोप लगाएका छन् ।

Read More

दक्षिण अफ्रिकामा हुने जी२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने ट्रम्पको घोषणा

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा हुने जी२० शिखर सम्मेलनमा अमेरिकाले भाग नलिने घोषणा गरेका छन्।

ट्रम्पले दक्षिण अफ्रिकामा गोरा मानिसहरूमाथि दमन भइरहेको दाबीको आधारमा यो निर्णय गरेको बताएका हुन् । यद्यपि, यी दाबीहरूलाई व्यापक रूपमा झूटा र आधारहीन मानिएको छ । ट्रम्पले दक्षिण अफ्रिकामा बैठक आयोजना हुनुलाई ‘पूर्ण रूपमा लज्जास्पद’ भनेका छन् । जी-२० शिखर सम्मेलन यस महिनाको अन्त्यमा जोहानेसबर्गमा आयोजना हुने तय भएको छ ।

दक्षिण अफ्रिकाको विदेश मन्त्रालयले अमेरिकी निर्णयलाई ‘खेदजनक’ भनेको छ । दक्षिण अफ्रिकाका अफ्रिकी र गोरा समुदायहरूको प्रतिनिधित्व गर्नेहरू सहित कुनै पनि राजनीतिक दलले देशमा कुनै पनि प्रकारको नरसंहार भइरहेको दाबी गरेको छैन ।

ट्रम्पले भनेका छन्- ‘यो एकदमै लज्जास्पद छ कि जी २० शिखर सम्मेलन दक्षिण अफ्रिकामा आयोजना भइरहेको छ । अफ्रिकीहरू (डच, फ्रान्सेली र जर्मन आप्रवासीहरूका सन्तान) मारिएका छन्, र उनीहरूको जग्गा र खेतहरू अवैध रूपमा खोसिएका छन् । जबसम्म यी मानवअधिकार उल्लङ्घनहरू जारी रहन्छन्, कुनै पनि अमेरिकी अधिकारी यस शिखर सम्मेलनमा भाग लिने छैनन् ।’

Read More

रासायनिक मल वास्तविक किसानलाई पुग्ने गरी ‘अनलाइन सिस्टम’ विकास गर्दैछौँ : मन्त्री परियार

पर्सा । कृषि तथा पशुपन्छी विकास डा मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताएका छन् ।

शनिबार पर्सा र बाराका कृषि र पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानहरूसँगको छुट्टाछुट्टै भेटघाट कार्यक्रममा उनले रासायनिक मल वितरण प्रणालीमा कतै न कतै समस्या भएकाले सो वितरण प्रणालीलाई वास्तविक कृषकमैत्री बनाउन खोजेको जानकारी दिए ।

“सरकारले अनुदानमा उपलब्ध गराएको मल वास्तविक किसानले सहज र न्यायोचित ढङ्गले प्राप्त गर्न नसकिरहेको गुनासा आइरहेका छन् । त्यस्ता खालका गुनासालाई सम्बोधन गर्नका लागि अनलाइन प्रणालीबाट कुन किसानले कति परिमाणको मल प्राप्त गर्नुभयो भन्ने खालको अनलाइन प्रणालीको विकास गर्न जुटेका छौँ । सम्भवतः सो कार्य छिट्टै सञ्चालनमा ल्याइनेछ”, उनले भने, “सरकारले ठूलो धनराशिको रासायनिक मल खरिद गरेर किसानलाई अनुदानका रूपमा सस्तो मूल्यमा उपलब्ध गराउँदै आइरहेको छ । तर, अनुदानको मलमा वितरण प्रणालीमा कतै न कतै समस्या भने कायमै छ । सो कमजोरीलाई सुधार्न हामीले खोजिरहेका छौँ ।”

मन्त्री परियारले मल बिक्री वितरण गर्न सहजीकरण गर्ने पालिका र मल वितरणका लागि अनुमति वा ‘डिलरसिप’ प्राप्त गरेका सहकारी संस्था, फर्म वा कम्पनीको बदमासीका कारणले वास्तविक किसानले रासायनिक मल प्राप्त गर्न नसकिरहेको जानकारी दिए ।

“कुन–पालिकाका किसानले कति मल प्राप्त गर्नुभयो भन्ने वितरण अनलाइनबाटै हेर्न सकिने व्यवस्था गर्दैछौँ । यो प्रणालीले मल प्राप्त गर्ने र नगर्नेको मूल्याङ्कन गर्न पनि सहज हुनेछ”, उनले भने, “मल वितरण प्रणालीमा अहिले पहुँचवालाको मनलाग्दीलाई पनि अन्त्य गर्न सहयोग पुग्नेछ”, मन्त्री परियारले अनुदानको मल वितरणमा भएको त्रुटिलाई दीर्घकालीन रूपमा सम्बोधन गर्नेगरी अनलाइन प्रणालीको विकास गर्न लागेको बताए ।

उनले भने “सरकारी अनुदानको मल कुन सहकारीमा कति पुग्यो, कुन–कुन किसानले प्राप्त गरे भन्ने खालको तथ्यपरक तथ्याङ्क अनलाइनबाटै हेर्न मिल्ने खालको संरचना निर्माणको तयारीमा जुटिरहेका छौँ । यसले अनुदानको रासायनिक मल दुरुपयोग रोक्नलाई सहज हुने अपेक्षा राखेका छौँ ।”

सरकारले अहिले युरिया मलको आयात विन्दुको मूल्य रु १४ प्रतिकिलोग्राम तोकेको छ । त्यस्तै डिएपीको प्रतिकिलोग्रामका लागि रु ४३ र पोटास प्रतिकिलोग्रामका लागि रु ३१ तोकेको छ । मन्त्री परियारले सरकारले निकै महँगो मूल्यमा रासायनिक मल खरिद गरेर किसानलाई सस्तो मूल्यमा अनुदानको मल उपलब्ध गराउँदै आइरहेको दाबी गरे ।

“रासायनिक मलको माग बर्सेनि वृद्धि भइरहेको छ”, उनले भने, “सरकारले प्रत्येक वर्ष साढे चार लाख मेट्रिक टनदेखि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्दै आइरहे पनि किसानको माग अझै थेग्न सकिने अवस्थामा पुगेको छैन”, उनले भने, “किसान पनि प्राङ्गारिक मल प्रयोग गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।” मन्त्री परियारले विगतका वर्षमा जस्तो यो वर्ष रासायनिक मलको हाहाकार नहुने दाबी गरे ।

फरक प्रसङ्गमा कृषिमन्त्री परियारले उखु किसानको विगतमा प्रतिक्विन्टल रु ७० दिँदै आएको अनुदानलाई निरन्तरता दिनका लागि मन्त्रिपरिषद्मा लगिसकेको जानकारी दिए। “उखु किसानको समस्याको विषयमा गम्भीर छौँ”, उनले भने, “मन्त्रालयको तर्फबाट आवश्यक समन्वय हुने काम भइरहेको छ ।”

मन्त्री परियारले कृषिमा यान्त्रिकीकरण गर्न जरुरत भएको बताए । कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिन मिश्रले कृषि औजार प्रयोग गरेर खेतीकिसानी गर्न सकेको खण्डमा बाली लगाउने लागत घटाएर उत्पादकत्व बढाउन सकिने बताए । “सरकारले कृषि औजार यान्त्रिकीकरणमा विशेष जोड दिने बेला भइसकेको छ । यान्त्रिकीकरणका माध्यमबाट कृषिमा राम्रो फड्को मार्न सकिनेछ ।”

कृषि अनुसन्धान निर्देशानलय परवानीपुरका प्रमुख विश्वेश्वरप्रसाद यादवले निर्देशनालयले लाइफस्टकअन्तर्गत भैँसीपालन गर्न थालेको बताए । “यहाँ कृषि क्षेत्रसँग भएका नवीनतम् अभ्यासको काम गर्दै आइरहेको छ । सरकारले कृषि अध्ययन अनुसन्धान र यान्त्रिकीकरणमा आवश्यक सहयोगको आवश्यकता रहेको छ”, उनले भने ।

राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमका उप प्रमुख डा अजित झाले सरकारले उन्नत जातका पन्छीका अण्डाहरू अनुसन्धान प्रयोजनमा ल्याउनका लागि सहज वातावरण मिलाउनुपर्ने बताए । “अहिले नेपालमा उन्नत जातका पन्छीका अण्डा ल्याएर यहाँ अध्ययन अनुसन्धान प्रयोजनका लागि निकै झन्झट व्यहोर्नुपरिरहेको छ”, उनले भने, “कृषि मन्त्रालयले अध्ययन र अनुसन्धानका लागि आवश्यक सहजीकरण गर्न जरुरी भइसकेको छ ।”

कृषि मन्त्री परियारले आजै साल्ट्र टे«डिङ कर्पोरेसन, कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जसँग मौज्दात रहेको रासायनिक मल तथा नुनको उपलब्धताको विषयमा जानकारी लिएका थिए । त्यसैगरी, मन्त्री परियारले राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रम, बाराको फत्तेपुरका उखु कृषक, जीतपुर सीमरा उमहानगर वडा नं ८ का उखु किसान, बाराको कोल्हवीका माछापालक कृषक, निजगढका केराखेती गर्ने किसानलगायतसँग छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेका थिए ।

Read More

साउदी लिगमा अल नासरको अपराजित यात्रा कायमै

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

शनिबार राति सम्पन्न खेलमा अल नासरले नेओम एससीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

अल नासरको जितमा एंगेलो गाब्रियल, क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । त्यस्तै नेओमका लागि एक गोल अहमद अबडो जाबेरले गरेका थिए । यस खेलमा लुसियानो रोड्रीगेजले खेलको ५६औं मिनेटमा रातो कार्ड पाएपछि नेओम १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि अल नासरको ८ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेओमको ८ खेलमा १३ अंक रहेको छ र लिगमा हाल सातौं स्थानमा रहेको छ ।

Read More