२०८३ बैशाख १३

बिबिसीले ट्रम्पसँग माग्यो माफी, क्षतिपुर्ति दिन अस्वीकार

काठमाडौँ । बीबीसीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो ‘पनोरमा’ कार्यक्रमको एक भागको लागि माफी मागेको छ, जसमा ट्रम्पको जनवरी ६, २०२१ को भाषणका केही अंशहरू समावेश थिए ।

यद्यपि, बीबीसीले क्षतिपूर्तिको लागि ट्रम्पको मागलाई अस्वीकार गरेको छ । संस्थाले बिहीबार साँझ आफ्नो ‘सुधार र स्पष्टीकरण’ खण्डमा प्रकाशित एक विज्ञप्तिमा यो ट्रम्पसँग माफी मागेको छ भने क्षतिपूर्ति दिन अस्वीकार गरेको हो ।

बीबीसीले भिडियो सम्पादनले ‘राष्ट्रपति ट्रम्पले प्रत्यक्ष रूपमा हिंसात्मक कारबाहीको लागि आह्वान गरेको गलत धारणा सिर्जना गरेको छ ।’ यसबाहेक, बीबीसीले यो कार्यक्रम फेरि प्रसारण नगर्ने घोषणा गरेको छ ।

ट्रम्पका वकिलहरूले बीबीसीले बयान फिर्ता नलिए, माफी मागेन र क्षतिपूर्ति प्रदान नगरेमा १ अर्ब डलर क्षतिपूर्तिको लागि मुद्दा हाल्ने धम्की दिएका छन् ।

यस अघि यस प्रकरणमा आइतबार, बीबीसीका महानिर्देशक टिम डेभी र समाचार प्रमुख डेबोरा टर्नेसले विवादको परिणामस्वरूप राजीनामा दिएका थिए । 

ट्रम्पले २०२१ को जनवरी ६ मा वाशिंगटन डीसीमा भाषणमा- ‘हामी क्यापिटलमा जाने छौं, र हामी हाम्रा बहादुर सिनेटरहरू, कांग्रेसीहरू र महिलाहरूलाई हौसला प्रदान गर्नेछौं ।’ यद्यपि, बिबिसीको पानोरामा वृतचित्रमा सम्पादन गरेर उनलाई यसो भन्दै देखाइएको थियो – ‘हामी क्यापिटलमा जानेछौं… र म त्यहाँ तपाईंसँगै हुनेछु । र हामी लड्छौं । हामी ज्यान लगाएर लड्छौं ।’

Read More

मधेश प्रदेश विवाद: सभामुखलाई उपसभामुखको काउन्टर

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ सरकार गठन भएपछि शुरु भएको विवादले नयाँ मोड लिएको छ ।

विहिबार आफूविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएपछि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले अबेर राति प्रदेशसभाका पाँच सदस्यलाई पदमुक्त गर्न गरेको निर्णय उपसभामुख बबिता कुमारी राउत ईश्वरले बदर गरिदिएकी छिन् ।

सभामुखले लगातार १० बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारालाई पदमुक्त गरिदिएका थिए ।

सभामुखको यस निर्णयपछि उपसभामुख बबिता कुमारी राउत ईश्वरले अर्को सूचना जारी गर्दै सभामुखविरुद्ध पद अनुकूल आचरण नगरेको भनी महाभियोगको प्रस्ताव दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त भएको जिकिर गरेकी छन् ।

साथै, उपसभामुख राउतले प्रदेशसभाको पछिल्लो बैठकको हाजिरी तथा भिडियो रेकर्डबाट सांसदहरू अनुपस्थित नरहेको देखिएको भन्दै सभामुखले गरेको पदमुक्तको निर्णय बदर हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएकी छन् ।

सभामुख मण्डल एमालेबाट धनुषा १(२) बाट प्रदेश सभामा निर्वाचित भएका हुन् भने सप्तरीकी राउत जनमत पार्टीबाट समानुपातिक सांसद हुन् । 

Read More

विश्वकप छनौटको खेलमा नर्वे र इटाली विजयी

काठमाडौँ । विश्वकप छनौट अन्तर्गतको खेलमा नर्वे र इटाली विजयी भएका छन् ।

गएराती सम्पन्न खेलमा नर्वेले इस्टोनियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । नर्वेको जितमा अलेक्जाण्डर सोरीओथ र इर्लिंग हालाण्डले २-२ गोल गरेका थिए । त्यस्तै इस्टोनियाका लागि रोबी सार्माले एक गोल गरेका थिए ।

त्यस्तै युरोप छनौटको समुह आइ मा नै रहेको इटालीले मोलडोभालाई २-० ले पराजित गरेको छ । इटालीको जितमा गियानलुका मान्चिनी र फ्रान्सेसको पियो एसपोसिटोले एक एक गोल गरेका थिए ।

यी खेलपछि समुह आईमा नर्वेको ७ खेलमा २१ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै इटालीको ७ खेलमा १८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै इस्टोनियाको ८ खेलमा ४ अंक छ भने मोलडोभाको ७ खेलमा एक अंक रहेको छ ।

अब यस समुहको अर्को खेल नर्वे र इटालीबीच नोभेम्बर १७ मा हुने छ ।

Read More

फ्रान्स फिफा विश्वकपमा छनौट

काठमाडौँ । फ्रान्स फिफा विश्वकपमा छनौट भएको छ ।

युरोपको छनौट अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले युक्रेनलाई ४-० गोल अन्तरले पराजित गरेसँगै फ्रान्स २०२६ को विश्वकपका लागि छनौट भएको हो ।

फ्रान्सको जितमा किलीयन एम्बाप्पेले २ गोल गरे भने माइकल ओलीस र हुगो एकिटिकले एक एक गोल गरेका थिए ।

समुह डी मा रहेको फ्रान्सको यो जित पछि ५ खेलमा १३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै युक्रेनको भने ५ खेलमा ७ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

फ्रान्सले अब अर्को खेल नोभेम्बर १६ मा अजरबैजानसँग खेल्ने तालिका रहेको छ । 

Read More

पोचुगल आयरल्याण्डसँग पराजित, रोनाल्डोले पाए रातो कार्ड

काठमाडौँ । पोर्चुगल फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा आयरल्याण्डले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आयरल्याण्डको जितमा दुवै गोल ट्रोय प्यारोटले गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा सिमित भएको थियो । रोनाल्डोले खेलको ६१औं मिनेटमा रातो कार्ड पाएका थिए । २२५ अन्तर्राष्ट्रिय खेल खेलेका रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा रातो कार्ड पाएको पहिलो पटक हो ।

युरोपको छनौटको समुह एफमा रहेको आयरल्याण्डले यो जितपछि ५ खेलमा ७ अंक भएको छ र समुहमा तेस्रो स्थानमा छ । त्यस्तै पोर्चुगलको ५ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । अब पोर्चुगलले अर्को खेल अर्मेनियासँग नोभेम्बर १६ मा खेल्ने तालिका रहेको छ ।

Read More

एनपीएलको टिकटदर सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि टिकटदर सार्वजनिक गरेको छ । क्यानले बिहीबार प्रतियोगिताको टिकटदर र बिक्रीबारे आधिकारिक जानकारी दिएको हो ।

क्यानले एनपीएल खेलका टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ, जसमा साधारण र प्रिमियम रहेका छन् । उद्घाटन दिन र शनिबारका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १५०० राखिएको छ ।

साताका अन्य दिन (आइतबारदेखि शुक्रबार) हुने खेलहरूका लागि साधारण टिकट ५०० र प्रिमियम टिकटको मूल्य १००० तोकिएको छ । प्लेअफ र फाइनल खेलका लागि भने टिकटको साधारण टिकटको १००० र प्रिमियम टिकटको २००० राखिएको छ ।

प्रतियोगिताका सबै खेल हेर्न चाहने दर्शकका लागि क्यानले सिजन पासको पनि व्यवस्था गरेको छ, जसको मूल्य १५,००० तोकिएको छ ।

प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनरका रूपमा ‘खल्ती बाई आइएमई’ रहेको छ भने दर्शकहरूले खल्ती एपमार्फत सहजै आफ्नो टिकट किन्न सक्ने क्यानले जनाएको छ । साथै क्यानले प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूका लागि टिकट बिक्री खुला गरेको छ ।

Read More

आज अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको दिवस मनाइदैछ । यो दिवस प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइन्छ । यस दिवसले सांस्कृतिक सम्पत्तिको अवैध तस्करीका कारण हुने हानि र सांस्कृतिक सम्पदामा पर्ने गम्भीर प्रभावको बारेमा जनचेतना फैलाउन मद्दत पुर्‍याउछ । 

सांस्कृतिक सम्पदा तथा धरोहरहरू हाम्रो पहिचान, इतिहास र मौलिकताको प्रतीक भएपनि दुर्भाग्यवश, यी सम्पत्तिहरू चोरी, तस्करी र विनाशको चपेटामा परेका छन् । २०२५  मा, यस दिवसमा सांस्कृतिक सम्पदाको संरक्षण र यसको अवैध व्यापार रोक्न अन्तर्राष्ट्रिय समुदायको संकल्पलाई बलियो बनाउने सन्देशलाई केन्द्रमा राखिएको छ । यसले विश्वभरि कानूनी र नीतिगत पहललाई प्रोत्साहित गर्दै सांस्कृतिक सम्पत्तिको संरक्षणमा सबैको साझा भूमिका रहेको कुरालाई पनि उजागर गर्छ ।

नेपालमा, पुराना मूर्तिहरू, मन्दिरका कलाकृति र ऐतिहासिक धरोहरहरू हाम्रो सांस्कृतिक पहिचान र गौरवका प्रतीक हुन्, यी सम्पत्तिहरू चोरी र तस्करीको मुख्य निशानामा परेका छन् । त्यस्तै काठ, ढुंगा, धातुका कलाकृतिहरू अन्तर्राष्ट्रिय बजारमा अवैध रूपमा व्यापारमा लागेर विदेश पुर्‍याइन्छन्, जसले हाम्रो सांस्कृतिक सम्पदा र इतिहासलाई कमजोर बनाउछ । २०२५  मा यो दिवसले विश्वभर सांस्कृतिक सम्पत्तिको संरक्षण, कानूनी पहलहरूलाई सुदृढ बनाउन र यसतर्फ सबैको सचेतना बढाउन विशेष जोड दिएको छ ।

Read More

विश्व मधुमेह दिवस मनाइदै

काठमाडौँ । आज विश्व मधुमेह दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वास्थ्य संगठनको आव्हानमा सन् १९९१ देखि हरेक बर्ष नोभेम्वर १४ का दिन यो दिवस मनाउन थालिएको हो  ।

यस बर्षको विश्व मधुमेह दिवसको नारा ‘मधुमेह र कल्याण’ रहेको छ भने ‘कार्यस्थलमा मधुमेह’ मा केन्द्रित उप-अभियान पनि रहेको छ । यो अभियानको उद्देश्य मधुमेह भएका व्यक्तिहरूले काममा सामना गर्ने चुनौतीहरू, जस्तै भेदभावको बारेमा जागरूकता जगाउनु र रोजगारदाताहरूलाई सहयोगी र स्वस्थ कार्य वातावरण सिर्जना गर्न प्रोत्साहित गर्नु रहेको छ । 

 मधुमेह अर्थात् डायबिटिजको समस्या पछिल्लो पटक सामान्य जस्तै हुन थालेको छ  । जुनसुकै उमेर समूहका व्यक्तिमा पनि यो समस्या देखिने सम्भावना रहने चिकित्सक बताउँछन्  । नियन्त्रणमा राख्न सके यो समस्या जति सामान्य हो अनियन्त्रित हुँदा त्यति नै घातक पनि हुन्छ । रगतमा ग्लुकोजको मात्रा निर्धारितस्तर भन्दा बढी हुँदा मधुमेह रोग हुने गर्छ । यो रोग लाग्दा शरीरमा आवश्यकताभन्दा कम इन्सुलिन बन्न थाल्छ । यसले गर्दा ग्लुकोज समुचित रूपले डढेर ऊर्जामा परिवर्तन हुन पाउँदैन र त्यही कारण रगतमा ग्लुकोजको मात्रा बढ्छ ।

चिकित्सकहरूका अनुसार अव्यवस्थित जीवनशैलीदेखि वंशाणुगतसम्मका कारणले मधुमेह हुन सक्दछ । मधुमेह नियन्त्रणमा राख्न नसके मिर्गौला, मुटुलगायतलाई असर पार्न सक्छ । यो रोग लाग्न नदिन र लागिसकेपछि पनि सुरक्षित जीवन बिताउन नियमित व्यायाम, सन्तुलित आहार विहार र व्यवस्थित जीवनशैली अपनाउनुपर्ने चिकित्सक बताउँछन्  । मधुमेहका कारण स्वास्थ्यमा अनेक समस्या आउन सक्ने भएकाले समयमै सतर्कता अपनाउन जरुरी छ  । यसका लागि वर्षमा कम्तीमा १ पटक स्वास्थ्य परीक्षण गराउनै पर्ने चिकित्सक बताउँछन्  । 

मधुमेहसम्बन्धी जनचेतना फैलाउने, रोकथामका उपायबारे कुरा गर्ने, मधुमेहबाट हुन सक्ने खतराबाट जोगिन गर्नुपर्ने सावधानीसम्बन्धी जनचेतना फैलाउने, मधुमेह लाग्नबाट गर्नुपर्ने उचित बानी–व्यवहार, खानपान आदि कुराको विश्वव्यापी रूपमा जानकारी दिनु नै यो दिवसको मुख्य उद्देश्य हो । नेपालमा करीब १० लाख मानिस मधुमेह रोगबाट प्रताडित रहेको अनुमान गरिएको छ । दैनिक खानपानमा ध्यान दिने, नियमित ब्यायाम गर्ने, तनावमुक्त जीवनशैली अपनाउँदा मधुमेहबाट बच्न सकिने चिकित्सकहरुको सुझाव छ ।

Read More

मधेस प्रदेशका पाँच सांसद पदमुक्त

जनकपुरधाम । मधेस प्रदेशका पाँच सांसद पदमुक्त भएका छन् । प्रदेश सभामा लगातार १० बैठकमा अनुपस्थित रहेका सांसदहरुलाई सभामुख रामचन्द्र मण्डलले विहिबारदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यबाट पद मुक्त गरेका हुन् ।

मधेस प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा पाँच सांसद पदमुक्त भएको उल्लेख छ । उनीहरुलाई प्रदेश सभामा लगातार १० बैठकमा अनुपस्थित भएका कारण पदमुक्त गरिएको सूचनामा उल्लेख छ ।

यसरी पदमुक्त हुने सांसदहरुमा उर्मिलादेवी सिंह सर्लाही, मनिष कुमार सुमन सप्तरी, सन्जयकुमार यादव सर्लाही, सिंहासन कलबार पर्सा, सारदा शंकर कलबार बारा रहेका छन् ।

Read More

आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

विभागले आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । त्यस्तै आज राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । 

Read More