२०८३ बैशाख १३

इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद थप्ने निर्णय गरिएमा राष्ट्रियता र जनतामाथिको घात ठहरिनेछ: भिम रावल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भिम रावलले सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद थप्ने निर्णय गर्न लागिएको भन्दै विरोध गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता रावलले सुशिला कार्की नेतृत्वको सरकारले इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिने चेतावनी दिएका हुन् ।

उनले भनेका छन्: 
सुशीला कार्की नेतृत्वको  सरकारले अमेरिका र बंगलादेशको संयुक्त कम्पनी डेकाटोरसँग विगतमा भएको सवारी साधनहरूमा इम्बोड्स नम्बर राख्ने सम्झौताको म्याद सकिएपछि पुनः म्याद थप्ने निर्णय गरेमा नेपालको राष्ट्रियता र जनतामाथिको घात ठहरिनेछ। यस सम्झौताको जनताबाट चौतर्फी विरोध हुँदै आएको छ।

Read More

पोखराले टस जित्यो, काठमाडौँले पहिला ब्याटिंग गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ रोजेका हुन् । योसँगै काठमाडौँ गोर्खाजले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी एनपीएलमा पोखरा एभेन्जर्सको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । त्यस्तै काठमाडौँ गोर्खाजको भने ६ खेलमा ८ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । काठमाडौँको लिग चरणको यो अन्तिम खेल पनि हो । 

Read More

ग्लोबल क्वालिफायर खेल्ने टिम छनौटका लागि २६ महिला क्रिकेट खेलाडीलाई क्लोज क्याम्पमा बोलाइयो

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले  आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने टिम छनौटका लागि २६ नेपाली महिला खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ ।

क्यानले इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरीलाई क्लोज क्याम्पमा बोलाएको छ ।

नेपालमै जनवरी १२ देखि फेब्रुअरी २ सम्म आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् । १० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुने छन् ।

ग्लोबल क्वालिफायरआमा समुह ए मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समुह बी मा बंगलादेश, नामिबिया, नेपाल, नेदरल्याण्डसर पिएनजी रह्गेका छन् ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ८ सयले घटेर तोलाको २ लाख ५३ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ५४ हजार १ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ३६२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ३६५५ मा कारोबार भएको थियो ।

Read More

शंकर पोखरेलको टिप्पणी: लोडसेडिङविरुद्धको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाएको जस लिएको भन्दै कुलमान घिसिङप्रति व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको भएको र जस अर्कोले पाएको टिप्पणी गरेका हुन् ।

उनले लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस अर्कोले पाएको र दल तेस्रोले खोलेको भन्दै उज्यालो नेपाल पार्टीप्रति कटाक्ष गरेका छन् ।

उनले भनेका छन्- लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेश्रोले । जसको योजना उसैलाई श्रेयदिने कहिले ?

Read More

पुटिन दुई दिने भ्रमणका लागि आज भारत आउदै

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दिने भ्रमणका लागि आज भारत आउदैछन् । उनी डिसेम्बर ४ र ५ मा भारतको आधिकारिक भ्रमणमा हुनेछन् ।

यस भ्रमणको क्रममा पुटिन २३औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् । रुसी राष्ट्रपति चार वर्षको अन्तराल पछि भारतको भ्रमणमा आउदैछन् । उनले अन्तिम पटक २०२१ मा भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन भारतको भ्रमण गरेका थिए । यद्यपि, पुटिनको यो भारत भ्रमण अघिल्लो भ्रमण भन्दा बढी महत्त्वपूर्ण मानिएको छ ।

भारत र रूस बीच प्रत्येक वर्ष शिखर सम्मेलन वार्ताहरू हुन्छन् । अहिलेसम्म दुई देशहरू बीच २२ वटा वार्ता भइसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष जुलाईमा मस्कोको भ्रमण गरेका थिए । डिसेम्बर २०२१ मा पुटिनको भ्रमण केही घण्टा मात्र चलेको थियो । यद्यपि, यस पटक पुटिन दुई दिन भारतमा बस्नेछन् । डिसेम्बर ४ र ५ मा पुटिनको कार्यक्रमहरूको पूर्ण तालिका जारी गरिएको छ ।

राष्ट्रपति पुटिन डिसेम्बर ४ को साँझ नयाँ दिल्ली आइपुग्नेछन् । त्यसपछि उनले प्रधानमन्त्री मोदीसँग भेट गर्नेछन् । दुई नेताले द्विपक्षीय वार्ता गर्नेछन् । यसपछि, पुटिनले प्रधानमन्त्री मोदीको निमन्त्रणामा एक निजी रात्रिभोजमा भाग लिनेछन् ।

आफ्नो भारत भ्रमणको दोस्रो दिन, भ्लादिमिर पुटिनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ । त्यसपछि पुटिन महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न राजघाट जानेछन् । त्यसपछि उनी हैदराबाद हाउसमा द्विपक्षीय र प्रतिनिधिमण्डल-स्तरीय वार्तामा भाग लिनेछन् । केही प्रमुख उद्योगपतिहरू पनि प्रतिनिधिमण्डल बैठकमा भाग लिन सक्छन् । शुक्रबार, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले भारत-रूस व्यापार मञ्चमा भाग लिनेछन् । यसपछि, पुटिन राष्ट्रपति द्रौपदी मुर्मुको निमन्त्रणामा राष्ट्रपति भवनमा आयोजित भोजमा भाग लिनेछन् । यसपछि, राष्ट्रपति पुटिन मस्को प्रस्थान गर्नेछन् ।

चार वर्षपछि हुन लागेको यो भ्रमण मुख्यतया रूसी तेल, मिसाइल प्रणाली र लडाकु विमानहरूको बढ्दो बिक्रीको लागि भारतलाई तयार पार्ने उद्देश्यले गरिएको छ । यो विशेष गरी यस्तो समयमा सत्य हो, जब अमेरिकी दबाबले दुई देशहरू बीच ऊर्जा र रक्षा क्षेत्रमा सम्बन्ध तनावपूर्ण बनाएको छ । यस पटक, पुटिनको साथमा रूसी रक्षामन्त्री आन्द्रेई बेलोसोभ सहित उद्योग र व्यापार जगतको ठूलो प्रतिनिधिमण्डल आउनेछ । विज्ञहरूले यो भ्रमण विशेष भारत-रूस सम्बन्धलाई पुनर्जीवित गर्ने अवसर हो र यसले केही नयाँ रक्षा सम्झौताहरू पनि गर्ने अपेक्षा गरिएको छ ।

Read More

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिकोत्सवमा ‘परान’को कर्पोरेट शो

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ३२ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार सुन्धारास्थित सिभिल मलमा आफ्ना कर्मचारी र उनीहरूका परिवारसहित सामूहिक रुपमा चलचित्र हेरेको हो ।

चलचित्रमा नेपालको सामाजिक परिवेश र घर-घरको कथा भएकाले सबैको मन छुन सफल भएको कम्पनीले जनाएको छ । ‘वार्षिकोत्सवको अवसरमा सबै कर्मचारी एक साथ बसेर चलचित्र हेर्नु आफैँमा सकारात्मक कुरा हो, वर्षौंपछि त्यो अवसर परानले जुराइदिएको हो’,- कम्पनीकी मानव संशाधन व्यवस्थापन विभागकी प्रमुख सृष्टिना मानन्धरले भनिन- ‘सामूहिक रुपमा चलचित्र हेर्दा आफ्नोपन र पारिवारिक माहोल बनेको लाग्यो, यसले कर्मचारीहरूमा पनि सहयोग र समन्वय गर्ने भावनाको विकासमा सहयोग पुग्छ।’

चलचित्र हेरेर भावुक बनेपछि कम्पनीकी सहायक कर्मचारी रुपा देउलाले भनिन- ‘अहिलेको समयमा नेपाली समाजलाई यस्तै सन्देशमूलक चलचित्र चाहिएको छ, आफ्नै घरको कथा भनेकोजस्तै लाग्यो, कलाकारको अभिनय त झनै उत्कृष्ट छ।’ जेनरल सर्भिस डिपार्टमेन्ट लजिस्टिकका सुविन्द्र श्रेष्ठले वरिष्ठ कलाकार नीर शाहको अभिनय र कथाले मन जितेको प्रतिक्रिया दिए ।

एचइआईको कर्पोरेट शोमा निर्देशक दीपक प्रसाद आचार्य र अभिनेत्री अञ्जना बराइली पनि पुगेका थिए । नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ ।

Read More