२०८३ बैशाख १३

इजरायलमा केयरगिभरमा कामदार पठाउने भ्रमणपूर्ण सूचनाको विश्वास नगर्न विभागको आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरमा आकर्षक तलब सहित विभिन्न किसिमका सूचना र विज्ञापन टिकटक लगायतका समाजिक सञ्जालमा प्रशारण भएका सन्देशहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारहरु पठाउने सम्पूर्ण कार्य केवल जी टू जी प्रक्रियामार्फत मात्र हुने गर्दछ र कुनै पनि निजी संस्था, कम्पनी वा व्यक्तिलाई यी पदहरूका लागि विज्ञापन गर्न, फाराम भर्न वा पठाउने प्रक्रिया सञ्चालन गर्न कुनै अधिकार नरहेको स्पष्ट गरेको छ ।

विभागले भनेको छ- ‘इजरायलमा काम गर्न जानका लागि सरकार देखि सरकार (जी-टू-जी) बाहेक अर्को विकल्प नरहेकोले त्यस्ता भ्रमपूर्ण समाचार सन्देश, पोष्ट सूचनाका पछि नलाग्न र विश्वास नगर्न विभाग सबैमा अनुरोध गर्दछ । साथै यस्ता भ्रामक, झुट्टा र ठगी उद्देश्यले गरिएका क्रियाकलाप वा अवैध रूपमा कामदार पठाउने कुनै पनि व्यक्ति, समूह वा एजेन्सीमाथि कडा कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’

साथै विभागले आवश्यक जानकारीको लागि सरकार तथा वैदेशिक रोजगार विभागद्वारा प्रकाशित आधिकारिक सूचनाहरू वैदेशिक रोजगार विभागको आधिकारीक वेभसाइट हेर्न आग्रह गरेको छ ।

Read More

कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा दुई सदस्य मनोनित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा दुई सदस्यको मनोनयन गरिएको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विधान बमोजिम केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई सदस्यमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेसले पुस २७ देखि २९ सम्म महाधिवेशन गर्ने गरि आन्तरिक तयारी तिब्र पारेको छ ।

Read More

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता महतो पदमुक्त

जनकपुरधाम । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन् ।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा महतोलाई पद मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको हो ।

महतो तत्कालिन मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा गत जेठमा प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । 

Read More

पूर्वराष्ट्रपति भण्डारीबाट भदौ २४ मा आगजनी भएको सिंहदरबारको अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनः निर्माण हुने विश्वास व्यक्त गरेकी छन् ।

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी थिइन् । त्यसअघि पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अलोकन गराएका थिए । कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेकी थिइन् ।

पूर्व राष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको अवलोकन गरेकी हुन् । त्यस्तै उनले रेक्ट्रोफिटिङ्ग कार्य भइरहेको सिंहदरबार ग्यालरी बैठक भवनको पनि अवलोकन गरेकी थिइन् । 

पूर्वराष्ट्रपति भण्डारीको साथमा सञ्चारमन्त्री खरेल, प्रधानमन्त्री कार्यालयका सचिव, गृहमन्त्रालयका सचिवलगायत सहभागी थिए ।

Read More

प्रधानमन्त्री कार्की र पुर्व राष्ट्रपति भण्डारीबीचको भेटमा के के भयो ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ।

उनीहरुको भेटका क्रममा एकअर्कासँग भलाकुसारीका साथै समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो ।

गत जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुवै जनाले दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीको घरमा पुगेको क्षतिप्रति पनि दुःख व्यक्त गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास पनि व्यक्त गरेकी थिइन् ।

यसैक्रममा प्रधानमन्त्री कार्कीले उक्त घटनापछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको जानकारी दिँदै सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।  साथै उनले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ काम गरिरहेको बताइन । 

प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गरेकी थिइन् ।

पूर्वराष्ट्रपति भण्डारीले पनि अहिलेको परिस्थितिको लोकतान्त्रिक निकास निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राखेकी थिइन् । साथै उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्ने विश्वास पनि व्यक्त गरेकी थिइन् ।

Read More

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार: पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको ठहर गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पाँच पूर्वमन्त्री, १० जना पूर्वसचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगले विमानस्थल निर्माणका क्रममा राज्यकोषको दुरुपयोग भएको दाबी गर्दै करिब ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ भ्रष्टाचार भएको उल्लेख गरेको छ ।

अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ ।

त्यस्तै अख्तियारले पुर्वसचिवहरु सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, तत्कालिन सहसचिवहरु रञ्जन कृष्ण अर्याल, मोहन कृष्ण सापकोटा, लोक बहादुर खत्री, नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिका तत्कालिन सदस्य मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, पुर्वा छिरिङ शेर्पा, सुरेश आचार्य, मदन खरेल, मुक्तिनारायण पौडेल, सुर्यप्रसाद आचार्य, संचालक समितिका सदस्य सचिवहरु त्रिरत्न मानन्धर, रतिश चन्द्र लाल सुमन, प्राधिकरणका तत्कालिन उपमहानिर्देशकहरु सुमन कुमार श्रेष्ठ, रोशन चित्रकार, ऋषिकेश शर्मा, मन्त्रालयका तत्कालिन उपसचिव हरिबहादुर खड्का, प्राधिकरणक तत्कालिन उपनिर्देशक महेश कुमार बस्नेत, निर्देह्स्क बाबुराम पौडेल, उपनिर्देशक अशोक कुमार सुवेदी, तत्कालिन प्रबन्धक मुरारी भण्डारी, उपनिर्देशक सुवर्ण राज उपाध्याय, तत्कालिन निर्देशक प्रतापबाबु तिवारी, तत्कालिन प्रबन्धकहरु रुद्र प्रसाद फुयाल, रामचन्द सुवेदी, इन्जिनियर डा, पुरुषोत्तम डंगोल लगायत रहेका छन् ।    

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ। अधिकारी र भण्डारी यसअघि नलिन्चोक हेलिपोर्ट निर्माण अनियमितता प्रकरणमा समेत मुछिएका थिए र दुवै जना हाल हिरासतमा रहेका छन् ।

साथै, विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालिन संयोजक एवं सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार रामकृष्ण तिमल्सेनालाई पनि भ्रष्टाचार प्रकरणमा प्रतिवादी बनाइएको छ । साथै अख्तियारले चाइना सिएएमसी इन्जिनियरिङका अध्यक्ष वांग बो र क्षेत्रीय महाप्रबन्धक लिउ शेंगचेंगविरुद्ध समेत मुद्धा दायर गरेको छ ।    

चीनको ऋण सहयोगमा २०६५ सालदेखि अध्ययन सुरु भई २०७९ मा निर्माण सम्पन्न भएको यो विमानस्थल सुरुदेखि नै अनियमितताका कारण विवादित बनेको थियो ।

यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अनुसन्धानका लागि अख्तियारलाई निर्देशन समेत दिएको थियो ।

मुद्धा दर्ता गरिएका ५५ जनाको विवरण: 

सि.न.नाम थर पद र कार्यालयबिगो रूकसुर तथा सजाय मागदाबी
१.      संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
२.      संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष भीम प्रसाद आचार्य७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
३.      संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दिपक चन्द्र अमात्य ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
४.      अर्थ मन्त्रालयका तत्कालीन मन्त्री डा. रामशरण महत७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
५.      संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सचिव सुशिल घिमिरे ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
६.      संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
७.      अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
८.      कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
९.      संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सहसचिव रञ्जन कृष्ण अर्याल ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
१०.             संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव मोहनकृष्ण सापकोटा ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
११.             संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव तथा प्राधिकरण सञ्चालक समितिको सदस्य लोक बहादुर खत्री ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
१२.             नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य मनरुप शाही७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
१३.             नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य ज्योति अधिकारी७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
१४.             नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य मनोज कार्की ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
१५.             नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य फुर्वा छिरिङ शेर्पा७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
१६.             संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य सुरेश आचार्य ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
१७.             नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य मदन खरेल ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
१८.             भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका सदस्य मुक्तिनारायण पौडेल ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
१९.             भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका सदस्य सूर्य प्रसाद आचार्य ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
२०.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव त्रिरत्न मानन्धर ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
२१.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव रतीश चन्द्रलाल सुमन ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
२२.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक सुमन कुमार श्रेष्ठ ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
२३.             संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन उप-सचिव हरि बहादुर खड्का ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
२४.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक रोशन चित्रकार७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
२५.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक ऋषिकेश शर्मा७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
२६.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक नारायण गिरी,७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
२७.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक महेश कुमार बस्नेत,७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
२८.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेल,७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
२९.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक अशोक कुमार सुवेदी७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
३०.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रवन्धक मुरारी भण्डारी७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
३१.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक सुवर्ण राज उपाध्याय७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
३२.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक प्रताप वावु तिवारी७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
३३.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्र प्रसाद फुयाल७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
३४.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक राम चन्द्र सुवेदी७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
३५.             सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा.रामकृष्ण तिमिल्सिना भन्ने डा. राम कृष्ण तिमल्सेना७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, सोही ऐनको दफा 19(2) बमोजिमको कसूरमा सोही दफा 19(2) बमोजिम सजाय हुन मागदावी लिईएको।
३६.             एयरपोर्ट इन्जिनियर डा.पुरुषोत्तम डंगोल७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, सोही ऐनको दफा 19(2) बमोजिमको कसूरमा सोही दफा 19(2) बमोजिम सजाय हुन मागदावी लिईएको।
३७.             नेपाल नागरिक उड्‌डयन प्राधिकरणबाट सेवा निवृत्त निर्देशक विनोदानन्द चौधरी भन्ने बिनोदानन्द चौधरी मैथिल बाहुन७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, सोही ऐनको दफा 19(2) बमोजिमको कसूरमा सोही दफा 19(2) बमोजिम सजाय हुन मागदावी लिईएको।
३८.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारी७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
३९.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक गंगा सागर मान श्रेष्ठ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
४०.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक हाल महानिर्देशक प्रदीप अधिकारी७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
४१.             त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन प्राध्यापक डा. रबिन्द्रनाथ श्रेष्ठ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, सोही ऐनको दफा 19(2) बमोजिमको कसूरमा सोही दफा 19(2) बमोजिम सजाय हुन मागदावी लिईएको।
४२.             त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक सूर्य ज्ञवाली७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, सोही ऐनको दफा 19(2) बमोजिमको कसूरमा सोही दफा 19(2) बमोजिम सजाय हुन मागदावी लिईएको।
४३.             त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक सन्तोष कुमार श्रेष्ठ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, सोही ऐनको दफा 19(2) बमोजिमको कसूरमा सोही दफा 19(2) बमोजिम सजाय हुन मागदावी लिईएको।
४४.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक हंसराज पाण्डेय७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
४५.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक डा.पुण्यराज शाक्य७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
४६.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन बरिष्ठ कानुन अधिकृत द्वारिका प्रसाद भट्टराई७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
४७.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक कुल प्रसाद सिंखडा७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
४८.             अर्थ मन्त्रालयका तत्कालीन सहसचिव मधुकुमार मरासिनी७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिईएको।
४९.             अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लाल बहादुर खत्री७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
५०.             अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत कमल कुमार भट्टराई७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
५१.             अर्थ मन्त्रालयका तत्कालीन उपसचिव प्रेम उपाध्याय भन्ने प्रेम नाथ उपाध्याय७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिईएको।
५२.             संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष  स्व. पोष्ट बहादुर बोगटीको हकवाला श्रीमती राममाया बोगटी७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन, साथै, सोही भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुन मागदावी लिनु पर्नेमा प्रतिवादीको मृत्यू भईसकेकोले विगो असुल उपर गर्नको लागी प्रतिवादी बनाईएको।
५३.             नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ७४,३४३,४५०.०० अमेरिकी डलर अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदावी लिनु पर्नेमा प्रतिवादीको मृत्यू भईसकेकोले विगो असुल उपर गर्नको लागी प्रतिवादी बनाईएको
५४.             China CAMC Engineering Co.Ltd  र सोका मुख्य भई काम गर्ने व्यक्ति Chairman Wang Bo र Regional General  manager Liu Shengcheng को हकमाः  ७४,३४३,४५०.०० अमेरिकी डलर     अर्थात रु.८,३६,७३,५५,२९७।५० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसूरजन्य कार्यको नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतीको मतियार भई सोही ऐनको दफा 22 बमोजिमको कसूर भएको हुँदा मुख्य कसूरदारहरुलाई बिगो ७४,३४३,४५०.०० अमेरिकी डलर (अक्षरेपि सात करोड त्रिचालिस लाख त्रिचालिस हजार चार सय पचास अमेरिकी डलर) अर्थात रु.८,३६,७३,५५,२९७।५०  (अक्षरेपि आठ अर्ब छत्तीस करोड त्रिहत्तर लाख पचपन्न हजार दुईसय सन्तानब्बे रुपैयाँ पचास पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिवन्धात्मक वाँक्याश बमोजिम मुख्य कसूरदार सरह सजाय हुन मागदाबी लिइएको

Read More

प्राधिकरण र महानगरको समन्वयमा काठमाडौँमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ । 

तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ । 

सडक विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायबाट सहमति प्राप्त नहुँदा, निर्माण व्यवसायीबाट काम सम्पन्न भएपछि सडकलाई मर्मत नगरेकोजस्ता गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । 

मन्त्री घिसिङले आगामी वर्षायाम सुरुहुनुभन्दा अगाडि काठमाडौंभित्रको तार भूमिगत काम सम्पन्न गर्न र काम सम्पन्न भएको ठाउँमा इन्टरनेट, टेलिफोन, टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी जमिनमाथिको (ओभरहेड) तार हटाउन तत्काल सुरु गर्ने आग्रह गरे । 

उनले भने- ‘भौतिक मन्त्रालयको जिम्मेवारी मैलै नै सम्हालिरहेको छु, तार भूमिगत गर्ने काम बाँकी रहेका ठाउँमा काम अगाडि बढाउन काठमाडौं महानगरपालिका प्रमुखसँग छलफल गरिसकेको छु, महानगरपालिकाले सहयोग नै गरिरहेको छ,काम बाँकी रहेको पुतलीसडकलगायतका क्षेत्रको काम तत्काल अगाडि बढाऔं, अन्तिम समय यही हो, अहिले पनि काम गर्न सकिएन भने कहिले काम हुँदैन ।’ उनले निर्माण कार्य सम्पन्न गरेपछि फिल्डमा देखिएको सडक मर्मतलगायतका काम तत्काल गर्न निर्देशन दिए ।  

प्राधिकरणका कार्यकारी मनोज सिलवालले सडक विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने बताए । काम सम्पन्न भएका क्षेत्रमा भूमिगत तारबाट विद्युत आपूर्ति दिन सुरु गरिसकिएको र ओभरहेटलाई क्रमशः हटाउँदै जाने सिलवालले उल्लेख गरे । 

प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरेको थियो । दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो । काठमाडौं उपत्कायभित्रको निर्माण प्रगति करिब ८० प्रतिशत छ । 

यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेज भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । यसबाट विद्युत, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरूप बनेको सहरको कुरूपताको अन्त्य भई सौन्दर्य थपिनेछ । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने छ ।

भूमिगत काम गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ । सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धूलोबाट नागरिकलाई असर पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ । तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० दिन भित्र गरिसक्ने व्यवस्था गरिएको छ ।

Read More

नेपाल बैंक र क्यूरा हेल्थ प्राइभेट बीच छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुरको ज्वागलमा अवस्थित क्यूरा हेल्थ प्राइभेट लिमिटेडले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमाखाता रहेका ग्राहकहरूलाई प्याथोलोजिल्यावको विविध सेवा ९स्यापल कलेक्सनको लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित० र विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कहरूमाबिल रकमको १२ प्रतिशत देखि २५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा मंसिर १९ गते बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्राइभेट लिमिटेडको तर्फबाट प्रबन्धक शीतल प्रसाद पोखरेलले हस्ताक्षर गरेका हुन्।

Read More

इन्टर मियामीले पहिलो पटक जित्यो एमएलएस कपको उपाधि

काठमाडौँ ।  इन्टर मियामीले एमएलएस कपको उपाधि जितेको छ । आइतबार बिहान सम्पन्न फाइनल खेलमा इन्टर मियामीले भान्कोभर ह्वाइट क्याप्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

इन्टर मियामीको जितमा रोड्रीगो डि पाउल र टाडेओ अलेन्डले एक एक गोल गरेका थिए भने एक गोल एडीएर ओकाम्पोले आत्मघाती गोल गरेका थिए । त्यस्तै भान्कोभरका लागि एक गोल अलि अहमदले गरेका थिए ।

एमएलएस कपको उपाधि इन्टर मियामीले पहिलो पटक जितेको हो । एमएलएस कप सबै भन्दा बढी पटक अहिलेसम्म एलए ग्यालेक्सीले ६ पटक जितेको छ भने डिसी युनाइटेडले ४ पटक जितेको छ ।

इन्टर मियामीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका लियोनेल मेसी यस सिजनको एमएलएसको उत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् । इन्टर मियामीले उपाधि जितेपछि मेसीले आफु यो अवसरको पर्खाइमा रहेको बताउदै टिमका सबैले ठुलो मिहिनेतका कारण यो सम्भव भएको प्रतिक्रिया दिए ।

Read More

भारतले जित्यो दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिज जितेको छ । शनिबार सम्पन्न सिरिजको अन्तिम तथा निर्णायक खेलमा भारतले ९ विकेटले जित हासिल गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको २७१ रनको लक्ष्य पछाएको भारतले ३९.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

भारतका लागि यशस्वी जैसवालले शतकीय पारी खेल्दै ११६ रन बनाएका थिए । उनको एकदिवसीय क्रिकेटमा पहिलो शतक हो । त्यति रोहित शर्माले ७५ र विराट कोहलीले अविजित ६५ रन बनाएका थिए ।

यसअघि दक्षिण अफ्रिकाले ४७.५ ओभरमा अलआउट हुदै २७० रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्वेंटन डिककले १०६ रन बनाएका थिए भने टेम्बा बभुमाले ४८ रन, डेवाल्ड ब्रेभिसले २९ रन बनाएका थिए । त्यस्तै भारतीय बलर प्रसिद्ध कृष्ण र कुलदीप यादवले ४-४ विकेट लिएका थिए । यो जितपछि भारतले सिरिज २-१ ले जितेको छ । 

भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकाले अब ५ खेलको टी-२० सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल डिसेम्बर ९ मा खेल्ने तालिका रहेको छ ।

Read More