२०८२ फाल्गुन २७

डिजिटल युगतर्फको फड्को : स्टार्टअप, रिमोट वर्कर र पर्यटकलाई अध्यागमनमा नयाँ व्यवस्था

काठमाडौँ, १५ जेठ । सरकारले अध्यागमन प्रणालीको स्तरोन्नती गरी अनलाइन पेमेन्ट सिस्टम र अनलाईन भिसाको सुविधा उपलब्ध गराउने भएको छ ।

यस वर्षको आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले यो कुरा समेटेको छ । यस्तै, अनलाईन भिसाको सुविधा पनि उपलब्ध गराउने सरकारको घोषणा छ ।

वक्तव्यमा भनिएको छ,‘अध्यागमन प्रणालीको स्तरोन्नती गरी अनलाईन पेमेन्ट सिस्टम र अनलाईन भिसाको सुविधा उपलब्ध गराईनेछ । स्टार्टअप व्यवसायमा काम गर्ने विशेषज्ञ तथा लगानीकर्तालाई निःशुल्क आवासीय भिसा र नेपालमा बसेर विदेशी कम्पनीको लागि रिमोर्ट वर्क गर्ने व्यक्तिलाई डिजिटल नोम्याड भिसा उपलब्ध गराईनेछ ।’

बजेट वक्तव्यमा परराष्ट्र सम्बन्धबारे भने आपसी हित र विश्वासको आधारमा द्धिपक्षीय सम्बन्ध सुदृढ बनाईने कुरा उल्लेख गरिएको छ । विदेशमा संकटमा परेका नेपालीलाई यथाशिघ्र उद्धारको प्रवन्ध मिलाईनेपनि उल्लेख गरिएको छ ।