२०८२ फाल्गुन २७

तोलामा चार हजार दुई सयले बढ्यो सुन

काठमाडौँ, ३० जेठ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदीमा १५ रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार १०० रुपैँया कायम भएको छ भने एक तोला चाँदी दुई हजार १६५ रुपैँयामा कारोबार भइरहेको छ ।

गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार रुपैँया तथा सोही परिमाणको चाँदी दुई हजार १६५ रुपैँयामा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ४२७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।